लोग भण्डारी
सिमकोट । सिमकोट गाउँपालिकाको दशौं गाउँ सभा जिल्ला समन्वय समितिको सभा हलमा सुरु भएको छ । गाउँपलिका अध्यक्ष बिजय भण्डारीको अध्यक्षतामा सभा सुरु भएको छ ।
गाउँ सभा निर्धारित समय भन्दा केही ढिलो सुरु भएको छ । सभामा हाससम्मको प्रगति प्रस्तुत गरिनेछ ।
त्यसै गरि केही नीति, कार्यबिधि र निर्देशिका समेत सभाबाट पारित गरिने छ । सभामा सिमकोट गाउँपालिकाका उपाध्यक्ष लगाएत सदस्यहरुको उपस्थिती रहेको छ । दिउदे गाउँ सभा सञ्चालन गर्ने सिमकोट गाउँपालिका दोस्रो भएको छ । यसअघि नाम्खा गाउँपालिकाले पुस १२ गते सभा सम्पन्न गरि सकेको छ ।












