सि.टा समाचारदाता
हुम्ला । आर्थिक वर्ष सम्पन्न हुन तीन महिना मात्र बाँकी रहँदा सिमकोट गाउँपालिकाले बार्षिक कार्यक्रममा तर्जुमा भएका योजना मध्य आधार योवजनाको सम्झौता हुन सकेको छैन । वडा र बस्तीस्तरमा निर्माण गर्नुपर्ने योजनाहरुको सम्झौताका लागि उपभोक्ताहरु समय मै नआउनु र कार्यालयले पनि ताकेता नगरेको कारण सम्झौता कार्यमा ढिलाई भई रहेको हो ।
हालसम्म कुल मध्य अठचालील दशमलव ६३ प्रतिशत योजनाहरुको सम्झौता हुन नसकेको सिमकोट गाउँपालिकाको योजना शाखाबाट जानकारी प्राप्त भएको छ । अब आर्थिक वर्ष सम्पन्न हुन तीन महिना मात्र बाँकी रहेको कारण अब सम्झौता हुने योजनाको कार्य सम्पन्न गर्न कठिन हुने देखिएको छ ।
सिमकोट गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १८३ वटा योजनाहरु तर्जुमा गरेकोमा हालसम्म ८९ वटा योजनाहरुको सम्झौता हुन नसकेका हुन । अब काम गर्न समय अपुग हुने र सुरु भई हाले पनि यसको गुणस्तरमा शंका रहने भएको कारण चनाखो भएर अव नयाँ योजनाको समझौताका लागि लाग्नु पर्ने छ ।
शाखाका हासम्म ८२ वटा योजनाहरुको सम्झौता भएर निर्माण कार्य भई रहेको र त्यसमा ११ वटा योजनाहरुको कार्य सम्पन्न समेत भई सकेको छ । यसरी एक वर्ष अगाडी तर्जुमा भएका योजनाहरुको हालसम्म सम्झौता हुन नसक्नुमा सबै पक्षमा जवाफदेहिता नदेखिएको कारण भएको हो ।
कार्यालय, प्राविधिक, उपभोक्ता र जनप्रतिनिधिहरु पनि उत्तिक्कै यसका लागि जिम्मेवार रहेका छन । अर्को कुरा यसरी थोरै समय बाँकी रहँदासम्म यसको कारण खोजिनीति नगर्नुले नागरिक समाज पनि उत्तिक्कै कमजोरी रहेको छ । यता प्राविधिकहरुले भने लागत ईष्टिमेट तयार भएपनि उपभोक्ता नआएको गुनासो गरेका छन् ।
























