प्रेस सेन्टर हुम्लाले पायो महिला अध्यक्ष

सि.टा समचारदाता
सिमकोट । नेकपा माओवादी निकट प्रेश सेन्टर नेपालको हुम्ला शाखाको जिल्ला कार्य समिति महिलाको नेतृत्वमा सर्वसम्म्त चयन भएको छ । शनिबार भएको पाँचौ जिल्ला अधिबेशनले जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

अधिबेशनले तिलसरा बिकको अध्यक्षतामा जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो । अधिबेशनको बन्द सत्रले नेतृत्व चयन गरेको हो प्रेश सेन्टर नेपाल हुम्ला शाखाको अध्यक्षमा तिलसरा बिक, बरिष्ठ उपाध्यक्षमा भक्तराज ऐडी, सृजना विक समावेशी उपाध्यक्ष, अविनास लामा सचिव, दिनेश रावत खुल्ला सहसचिव, कमिलाल ऐडी समावेशी सहसचिव, जय भण्डारी कोषाध्यक्ष चयन भएका छन् ।

त्यसैगरि जिल्ला कार्य समितिको सदस्यहरुमा दिपबहादुर विक, छवाङ लामा, रुपबहादुर ऐडी, अमृत बोहरा, प्रकाश शाही, धनजित भण्डारी र यज्ञबहादुर शाही रहेका छन् । त्यसैगरि अधिबेशनले मन्दिर सिंह र कविराज कार्कीलाई राष्ट्रिय प्रतिनिधि तथा नरजन तामाङ, भिमबहादुर परियार र राजेन्द्य्र नेपाली दमार्ईलाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ । यसअघि अधिबेशनको उद्घाटन सत्र सञ्चालन भएको थियो ।