सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार पाँच प्रदेशका हिमाली क्षेत्रको थोरै स्थानमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ । महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम गरी पाँच प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी प्रदेशका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।























