
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्ला कै ठुलो चङ्खेली गाउँपालिका– ४ को तातो पानीको मुहान संरक्षणको पर्खाइएका रहेको छ । प्राकृतिक रुपमा प्राप्त तातो पानीको मुहानलाई यसअघि संरक्षणका लागि गरिएको पुर्बाधार निर्माणको अवस्था जिर्ण हुँदा पून संरक्षणको पर्खाईमा रहेको छ ।
जिल्लाभरमा स्थानीय र बाह्र पैदल यात्रुहरु नुहाउने र कपडा धुनका लागि सधै प्रयोगमा आउने दर्वीको तातो पानीको मुहान हाल संरक्षणको पर्खाईकमा रहेको वडा नम्बर ४ की नरेन्द्र शाहीले बताए । सो तातो पानीको मुहान पहिले सिधै मुहानबाट बग्ने गथ्र्यो । दश वर्ष अगाडी पाँच वटा धारा निर्माण गरेर पानी खस्ने ब्यवस्था गरिएको छ ।
तर उनले ती धाराको अवस्था निक्कै जिर्ण अबस्थामा पुगेको कारण त्यसको संरक्षण गर्नु आवश्यक रहेको बताईन उक्त तातो पानीको मुहानमा हिउदको समयभर दैनि डेढ सय मानिसहरुले नुहाउने र कपडा धुने काम गर्दै आएका छन् ।
गाउँपालिका केन्द्र पिप्लाङका स्थानीय त दैनिक हातमुख धुनका लागि उक्त मुहानमा पुग्ने गर्छन । सो तातोपानी स्थानीयको सरसफाई गर्ने स्थल भएको भएपनि मुहान क्षेत्रको सरसफाईमा समेत कसैको ध्यान नसकेको कारण फोहोर बन्दै गएको छ ।
पिप्लाङ गाउँका स्थानीय वासिन्दाले ब्यवस्थित रुपमा तातो पानीको मुहान संरक्षण र पुर्वाधार निर्माण गरेर बाह्र महिना प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन् । यसो गर्न सके वडा र गाउँपालिकाको आम्नादीको श्रोत समेत हुने छ । यसका लागि वडा, गाउँपालिका, प्रदेश सरकार र सङ्घ सरकारको ध्यान जान आवश्यक रहेको छ ।
लोती कर्णाली किनारमा भएपनि केही माथिबाट तातो पानी निस्कने भएको कारण सो तातो पानी सधै प्रगोगमा ल्याउन सकिने अवस्था रहेको छ ।
पिप्लाङ गाउँमा मानिसहरुको वसोवास गर्न थालेदेखि नै सो तातो पानीको मुहान देखिएको हो । पिप्लाङ गाउँका स्थानीय मात्र नभएर चङ्खेली गाउँपालिका छ वटै वडाका वासिन्दा, अदानचुली, ताँजाकोट, सर्केगार्ड गाउँपालिकाका स्थानीय मात्र नभएर बाजुरा र मुगु जिल्लाबाट पनि मानिसहरु हिउदे समयमा तातो पानी नुहाउन आउने गर्नु हुन्छ ।
तातो पानीको मुहानमा नुहाउदा बाथ तथा नशा सम्वन्धि सञ्चो हुने बिस्वास स्थानीयमा रहेको छ । त्यसैले मङ्सीर देखि चैत महिनासम्म मानिसहरु एक हप्तासम्म तातो पानीको मुहान बास वस्ने गरि आउने गर्छन । ती मानिसहरु रातभर तातो पानीमा बाफ लिने गर्दा शरिर सन्चो बनाएर घर फर्कने गर्छन ।















