सि.टा. समाचरदादा
सिमकोट । नेपाल कर्मचारी संगठन हुम्लाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । जिल्लामा सञ्चालन भएको १२ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्विरोध रुपमा निर्वाचित भएको हो ।
अधिबेशनले संगठनको अध्यक्षमा महेन्द रोकाया, उपाध्यक्षमा हेमराज विष्ट, उपाध्यक्ष समावेशीमा सरिता पार्की, सचिव धर्मराज वोहरा, कोषाध्यक्ष मन प्रशाद शर्मा, सह–सचिव मिमसिह नेपालीलाई सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरि सदस्यहरुमा लवी रावत, विष्णुभक्त जैसी, भक्ती फडेरा, धर्मेन्द रोकाया, शंकर फडेरा, विसन रोकाया, मानसिह कार्की, विष्णु वुमी, धनरासी रोकाया र विष्णु रोकाया चयन भएका छन् । नयाँ चयन भएको जिल्ला कायृ समितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सफथ खुवाईएको छ ।
























