निस्किएको तातो पानी फाल्दै खार्पुमा पक्की पुन निर्माण कार्य हुँदै

फोटो क्याप्सन पश्चिम पट्टीको पुलको फाउण्डेसन निर्माण स्थलमा निस्किएको तातो पानी । तस्बिरः लोग भण्डारी

लोग भण्डारी
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुको दोजाम कर्णाली नदी माथि बन्दै गरेको पक्की पुलको पश्च्मि पट्टीको पिलर निर्माण स्थलमा पनि निस्किएको तातोपानी फालेर काम सञ्चालन भई रहेको छ । यसअघि सो नदीको पुर्वपट्टीका पिलर निर्माणका क्रममा पनि यस्ता तातो पानी निस्केर काममा बाधा पुगेको थियो ।

पश्चिम पट्टीको पिलरको फाउण्डेसन खन्ने क्रममा ताता पोनी निस्किएको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेल बहादुर नेपालीले बताए । यद्यपि पिलरको फाउण्डेसनको काम मटरद्धारा तातो पानी फलेर काम भने अगाडी बढाईएको छ । स्वच्छन्दा माउण्ट पुमोरी जेभी चितवनसंगले उक्त पुल निर्माणको जिम्मा लिएको छ ।

तातो पिलरको फाउण्डेसन निर्माण स्थलमा तातो पानी निस्कने क्रम जारी रहेको भएपनि काम भने रोकिएको छैन । सो काम केही समय अगाडी निर्माण कम्पनीले सुरु गरेको हो । पुर्बतर्फको पिलरलाई पनि ढलान गर्ने कार्य भई रहेको छ । यदी सो पुल निर्माण कार्य नभए निर्माण कम्पनीलाई सडक बिभागले कालो सूचिमा राख्ने सम्भावन भएको कारण आगामी असार महिनासम्म काम सक्ने गरि काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।

यो पुल निर्माण कार्यका लागि २०७८ साल साउन १४ गते सम्झौता भएको थियो । हाल आयोजनाले २०८२ सालको असार मसान्तसम्मको मात्र म्याद थप गरेको छ । यस कारण पनि निर्धारित मितिमा पुलको निर्माण कार्य सक्नै पर्ने बाध्यता रहेको छ ।