दिपावली गरेर हुम्ला शहिद दिवस मनाईयो

फोटो क्याप्सन लोक तन्त्र चोकमा शहिद दिवसको अवसरमा दिपावली गरिदै । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सवै खाले आन्दोलनका क्रममा आफ्नो ज्यानको आहोती दिने शहिदको सम्झनामा हुम्लामा दिपावली गरिएको छ । बुधबार शहिद दिवसको अवसरमा सदरमुकाम सिमकोटमा बेलुका छ वजे लोकतन्त्र चोकमा दिपावली गरेर शहिद दिवस मनाईएको हो ।

संघीयता कार्यान्वयन भएयता जिल्लामा शहित दिवस नमनाई रहेको अवस्थामा यस पटक भने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको अगुवाईमा शहित दिवस मनाउने कार्य भएको छ ।

बुधबार बेलुका छ बजे एयरपोर्ट चोकबाट काठेचुली चोक हुँदै लोकतन्त्र चोकसम्म मौन र्याली निकाल्दै दिपावली गरिएको छ । महान शहिदलाई सम्झने क्रममा यो कार्यक्रम आयोजना गरिएको प्रजिअ पाण्डेले बताए ।

र्याली र दिपावली कार्यक्रममा प्रजिअ पाण्डे, प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, नेकपा एमाले उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्रका सचिव धर्मराज बोहरा, राप्रपा अध्यक्ष बिकास महत, पत्रकार महासंघका अध्यक्ष राजन रावत लगाएको सहभागीता रहेको थियो । साँझ सरकारी कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।