बिचार गोष्ठी, कलाकार र खेलाडीलाई सम्मान कार्यक्रम आयोजना गर्दै नेविसंघ हुम्ला काठमाडौं सम्पर्क समिति

सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेस निकट नेपाल बिधार्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिले राजनीतिमा शिक्षाको महत्व बिचार गोष्ठी र हुम्ला जिल्लाका कलाकार तथा खेलाडीहरुलाई सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । नेविसंघ हुम्ला काठमाडौं सम्पर्क समितिको आयोजनामा सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

बिचार गोष्ठीका लागि बक्ताहरु नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाही, नेपाल महिलासंघका अध्यक्ष उष मिश्र, नेपाल तरुण दलका अध्यक्ष बिद्धान गुरुङ र नेपाल बिधार्थी संघका अध्यक्ष दुजाङ सेर्पालाई आमन्त्रण गरिएको छ ।

त्यसैगरि हुम्ला जिल्लाबाट कला क्षेत्रबाट योगदान पुर्याएका कलाकार र खेलडीलाई सम्मान गर्ने कार्य पनि सोही अवसरमा तय गरिएको छ । कार्यक्रम माघ २० गते प्रज्ञाप्रतिष्ठानमा भवनमा दिउसो १२ बजेर ५५ मिनेटका लागि तय गरिएको छ ।