सञ्चारकर्मी जवाफदेही हुन सुझाव

फोटो क्याप्सन एमाले उपाध्यक्ष शाही प्रेश चौतारीको स्थापान दिवसमा बोल्दै । तस्बिर ःसि.टा.

सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा पत्रकारिता गर्दै आएका सबै खाले सञ्चारकर्मीहरुलाई सत्य र तत्थ्य कुरा बाहिर ल्याएर बिकृति हटाउने काम गर्न आग्रह गरिएको छ । प्रेश चौतारी नेपालको स्थापना दिवसको अवसरमा जिल्लामा आयोजना गरिएको कार्यक्रममा बक्ताहरुले सो आग्रह गरेका हुन ।

पेश चौतारीको २७ औं स्थापना दिवस मनाउने क्रममा एमाले हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाहीले जिल्लाको बिकासका लागि सञ्चारकर्मीहरुले सत्य र तत्थ्य कुरा बाहिर ल्याउन सहयोग गर्नु पर्ने बताए ।

स्वभाविक रुपमा सञ्चारकर्मीहरु पनि कुनै दल माथि आस्था राख्ने भएपनि सामाग्री प्रकाशन तथा प्रशारण गर्दा दलीय भावना भन्दा माथि उठेर काम गर्नु उनले आग्रह गरे ।

सञ्चारकर्मीले यसो गर्न सकेको खण्डमा जिल्लामा धेरै कुरा परिवर्तन गर्न सकिने र सेवा प्रदायक निकायहरु सच्चिने उनले बताए । अहिले पनि सञ्चारकर्मीहरुले आफुल् आस्था राख्ने दलका नकरात्मक गतिविधिहरु बाहिर ल्याउन हिच्कीचाउने गरेको उल्लेख गर्दै त्यसरी पत्रकारिता गर्न उपयुक्त नहुने उनले बताए ।

प्रेश चौतारीका केन्द्रीय सदस्य रमेश ऐडीले पत्रकारिताले समाजमा सकरात्मक सन्देश दिन भएको कारण सञ्चारकर्मीहरु गम्भीर रुपमा लाग्नु पर्ने बताए ।

एमाले हुम्लाका उपसचिब प्रदिप लामाले सञ्चारकर्मीहरुले आफ्ने धर्म सही किसिमले निर्वाह गर्नु पर्ने बताए । प्रेश सेन्टरका केन्द्रीय सचिव अर्जुन बोहराले गुण र दोषका आधारमा पत्रकारिता गर्न सके यसवाट सकरात्म परिणाम निस्कने बताए । पत्रकार महासंघका अध्यक्ष राजन रावतले जिल्ला सबै सञ्चारकर्मीहरुले ब्यवसायीक पत्रकारितामा ध्यान दिनु पर्ने बताए ।

प्रेश चौतारीकी कोषाध्यक्ष बेलुमाया महताराले स्वागत मन्तव्य दिएको कार्यक्रममा प्रेश युनियनकी उपाध्यक्ष छपाल लामा, प्रेश सेन्टरकी अध्यक्ष तिलसरा बिकले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको अध्यक्षता प्रेश चौतारी हुम्लाका अध्यक्ष नन्द सिंहले गरेका थिए ।