पत्रकारिता क्षेत्रलाई खवरदारी गर्न आग्रह

सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा पत्रकारिता क्षेत्रले बारम्बार खवरदारी गर्न राजनीति दलका नेताहरुले आग्रह गरेका छन् । प्रेश चौतारी नेपाल हुम्ला शाखाको छैंटौ जिल्ला अधिबेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने क्रममा नेताहरुले सो कुरा बताएका हुन ।

कार्यक्रममा नेपाली काँग्रेसका कावा सभापति कैलाश भण्डारीले पत्रकारिता गर्दा सञ्चारकर्मीहरुले आफ्नो सिमालाई ख्याल गर्नु आग्रह गरे । समाजमा हुने राम्रा वा नराम्रा दवै पक्षको उजागर गर्दै सधै सेवाप्रदायक निकायहरुलाई खवरदारी गर्न उनले आग्रह गरे ।

नेकपा एमाले सचिव तिर्थराज बोहराले जिल्लामा पत्रकारहरु टुटेर नभई जुटेर लुकेर बसेका पक्षलाई बाहिर ल्याउन आग्रह गरे । इगो सहितको पत्रकारिता गर्दा यसवाट समाजमा नकरात्म असर पर्ने भएको कारण त्यसलाई ध्यानमा राखी पत्रकारिता पनि समाज कै लागि हो भन्ने कुरा बुझेर पत्रकारिता गर्न उनले जिल्लाका पत्रकारहरुलाई आग्रह गरे ।

मानिस कुनै पनि बिचार र आस्थामा रहनु स्वभाविक भएको तर पत्रकारिता गर्दा आस्था भन्दा माथि उठ्न आवश्यक रहेको उनले बताए । नेकपा माओवादी सचिव धर्मराज बोहराले सञ्चारकर्मीहरुले सम्वृद्धि र शुसासनका कुरालाई जहिल्यै पनि उठाउनु पर्ने बताए ।

समाज रुपान्तरण र सामाजिक न्यायका कुरालाई बाहिर ल्याउन कहिल्यै भुल्न नहुँने उनले बताए । राप्रपा अध्यक्ष बिकास महतले पत्रकारिता क्षेत्र स्थायी प्रतिपक्ष भएको कारण त्यसै अनुसार जिल्लामा पत्रकारिता गर्नु पर्ने बताए । अर्को कुरा आफ्नो आस्था भन्दा माथि उठेर पत्रकारिता गर्दा त्यसले समाजमा सकरात्मक असर पर्ने उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नरजित दमाईले पत्रकारिताले सवैलाई समान व्यवहार गर्नु पर्ने बताए । प्रेश चौतारी केन्द्रीय सदस्य रमेश ऐडीले सहि दिसामा पत्रकारिता जाने हो भने धेरै कुरा परिवर्तन गर्न सहिने बताए ।

पत्रकार महासंघका अध्यक्ष राजन रावतले ब्यवसायीक पत्रकारितामा पत्रकारहरुले ध्यान दिएर आफ्नो छवी उचो बनाउनु पर्ने बताए । प्रेश चौतारीका पुर्व अध्यक्ष मिमसिंह नेपालीले स्वागत गरेको उद्घाटन कार्यक्रम चैतारीका सचिव दाने बोहराले सञ्चालन गरेका थिए । यो अधिबेशनले चौतारीको नयाँ नेतृत्व चयन गर्ने छ ।