हुम्लाका गोविन्द रावत पहिलाे डिएसपि बने

सि.टा समचारदाता
हुम्लाका गोविन्द रावत जिल्लाकै पहिलो डिएसपी बनेका छन् । उनी प्रहरी निरीक्षक इन्पेक्टरबाट डिएसपीमा बढुवा भएसँगै जिल्लाकै पहिलो प्रहरी नायब उपरीक्षक डिएसपी बनेका हुन् ।

डिएसपी रावत सर्केगाड गाउँपालिका १ जैरका स्थायी बासिन्दा हुन् । प्रहरीका अनुसार जिल्लाले नै पहिलो पटक डिएसपीको दज्र्यानी पाएको हो । प्रहरीमा ७५ जना डीएसपीमा बढुवा भएका थिए । त्यसैमध्ये रावत ४५ नम्बरमा बढुवा भएका हुन् ।

अहिलेसम्मको इतिहास हेर्दा प्रहरीतर्फ डिएसपीमा बढुवा हुने उनी मात्रै एक हुन् । उनीभन्दा माथिल्लो दर्जामा कोही पनि छैन् । डिएसपी रावत विसं २०७० मा इन्स्प्केटरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

अब्बल प्रहरी अधिकृतका रुपमा परिचत रावत हाल संयुक्त राष्ट्र संघीय मिशन साउथ सुडानमा कार्यरत छन्।  विकट जिल्ला हुम्लामा जन्मिएका रावतले एक गौरवशाली इतिहास पनि रचेका छन् ।