लोग भण्डारी
सिमकोट । आयोडिन युक्त नूनको सेवन दिवसको अवसरमा महिलालाई नून सहयोग गरिएको छ । आयोडिनयुक्त नुनको महत्व दर्साउन महिलाहरुलाई उक्त सहयोग गरिएको हो ।
सुनौलो हजार दिनकी महिलालाई आयोडिन युक्त नुन सहयोग गरिएको छ । “फेब्रवरी महिना, राष्ट्रिय आयोडिन सचेतना महिना” का रुपमा मनाउन सुनौलो हजार दिनका महिलाहरुलाई आयोडिन युक्त नुन बितरण गरिएको ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बतए ।
यसमा गर्भवती र सुत्केरी सवै महिलालाई नुन सहयोग गरिएको हो । आयोडिन युक्त नुनको महत्व, फाईदा, उपयोगिता, सुरक्षा लगाएतका बिषयमा नुन बितरण कार्यक्रममा अभिमुखीकरण समेत गरिएको थियो ।
थोरै खाऔ, सही मात्रा खऔ, दुई बालबािलकाको चिन्ह अंकित आयोडियुक्त नुन नै खाओ भन्ने सन्देश पनि दिवस मनाउने कार्यक्रम सुनाउने कार्य भएको थियो ।
गाउँपालिकाको सहयोगमा शाखाले एक सय जना महिलाहरुलाई एक एक केजी आयोडिन युक्त नुन सहयोग गरिएको हो ।
अहिले पनि गलगाघ भएका मानिसहरु जन्मने भएको कारण अनिवार्य रुपमा आयो नुन प्रयोगका लागि गाउँपालिकाले सन्देश पनि दिने गरेको छ ।
















