मौसम : ४ प्रदेशका हिमाल र पहाडमा बदली, अन्यत्र मौसम सफा

सि.टा समचारदाता
आज ४ वटा प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली रही अन्यत्र मौसम सफा रहने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्‍चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ। देशभरका पहाडी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। तराई भेगमा मौसम सफा रहने छ।

आज राति पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ। देशभरका पहाडी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। तराई भेगमा मौसम सफा रहने छ।