जुम्लामा भुकम्पको धक्का महशुस

सि.टा  समाचारदाता
सिमकोट । जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको छ । बुधबार बिहान ११ः५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प स्थानीय परिमाण ३.८ को रहेको छ । हालसम्म कुनै क्षति वा प्रभावको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।