सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ सहित स्थानीय नारा लेकमा जमेको हिउमा हिड्दै सदरमुकाम सिमकोट पुगेका छन । ब्यक्तिगत र सरकारी कामका लागि उहाँहरु लिमीबाट केहीलेनारा लेकसम्म घोडामा चढेर र त केही पैदल हिडेर सिमकोट आई पुगेका हुन ।
वडा अध्यक्ष तामाङ लिमीबाट दुई दिनमा सदरमुकाम सिमकोट आई पुगेको जानकार दिय । यो समय लिमीबाट हिडेर सिमकोट आउन सक्ने अवस्था हुँदैन थियो । यसवर्ष हिमपात कम भएको कारण नारामा कम हिउ जमेको कारण हिडेर आउन संभव भएको होे । बालबालिका र जेष्ठ नागरिकहरुलाई भने तेह्र वटा घोडामा नारा लेखसम्म ल्याईएको थियो ।
नारा लेकमा एक देखि दुई फिट जमेको हिउ छिचोल्दै उनको टोली यारीको ठाडा ढुङ्गासम्म हिडेर आएको थियो । नारा लेख चार हजार ६७० मिटर अग्लो उचाईबाट पार गर्नुपर्छ । त्यहाँबाट भने बोलेरो जीपमा सिमकोट आई आई पुगेका छन् । लिमीबाट सिमकोट आउने ४४ जना लिमीका वासिन्दाहरु थिए ।
उनले नारा लेकमा केही मौसम बिग्रेको कारण समस्या भएपनि अन्य त्यस्तो दुःख भने नभएको बताए । जसमा लिमीको हल्जी गुम्बाका लामादेखि पुजारी पनि आउनु भएको छ । खाना भने घरबाटै तयार पारेर ल्याएका थिए । वडा अध्यक्ष तामाङले आफु काठामाडौंसम्म जाने बताए भने अन्य ब्यक्तिहरु भने केही आफ्नो काम र केही सरकारी कामले सिमकोट आएका हुन ।
























