सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय प्रजातन्त्र दिवस हुम्ला जिल्लामा बाजाघाजा सहित र्याली निकालेर मनाईएको छ । यसवर्ष प्रजातन्त्र दिवस तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने कार्य भई रहेको छ ।
बुधबार प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारेर सिमकोटको लोकतन्त्र चोकबाट नारा लेखिएका प्ले कार्ड, बाजाघाजा सहित र्याली निकालेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर कार्यक्रममा परिणत भएको थियोे ।
सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकायाले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिईन । प्रजातन्त्र प्राप्तीका लागि आफ्नो प्राणको आहुति दिने चार जना सहिदको फोटोको माल्यार्पण गर्ने कार्य पनि भएको थियो ।
सो कार्यक्रममा रोकायाले प्रजातन्त्र कैकारण बोल्ने अवसर सवैले पाएको र महिलाहरु पनि उच्च पदमा पुग्न सफल भएको बताईन । संयोगवस कार्यक्रमको सभापतित्व गर्ने र प्रमुख अतिथि पनि महिला नै रहेका थिए ।
कार्यक्रमको सभापतित्व गरेकी जिल्ला समन्वय समितिकी कावा प्रमुख दिफा भण्डारीले नेपालमा जति पनि परिवर्तन भए २००७ को प्रजातन्त्र कै कारण भएको बताईन । कार्यक्रममा प्रजिअ पाण्डले प्रजातन्त्र जनताले लडेर लाएको बताउदै यसबाट बढी भन्दा फाईदा जनतालाई पुग्ने काम गर्नुपर्ने बताए ।
काँग्रेस कावा सभापति कैलाश भण्डारीले नेपालमा जति पनि आन्दोलन भए ती सवै काँग्रेस कै अगुवाईमा भएको बताउदै प्रजातन्त्रीक शासन ब्यवस्थाको बिकल्प सोच्न नसकिने बताए ।एमाले उपाध्यक्ष प्रकाश बहादुर शाहीले एकतन्त्रिीय शासन ब्यवस्था फेरेर जनतावाट निर्वाचित जनप्रतिनिधिको शासन हुनुमा प्रजातन्त्र कै कारण रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नरजित दमाईले सवै मिलेर प्रजातन्त्रको रक्षा गर्नु पर्ने सवैलाई समाहित गरेर अगाडी बढ्नु पर्ने बताए ।
राप्रपा अध्यक्ष बिकास महतले शुभकामना मन्तव्य राख्दै प्रजातन्त्रमा राजाका पनि स्थान रहेकोमा २०६२।०६३ को आन्दोलन पनि राजालाई स्थान दिन नसकिएकोमा दुःख मनाउ गरे । कार्यक्रममा गैसस महासंघका अध्यक्ष जनक बुढाले कार्यक्रमका सहभागीहरुलाई स्वागत मन्तव्य ब्यक्त गरे ।
कार्यक्रममा क्षेत्री महिलाहरुले स्थानीय पहिरन र पोसाकमा देउडा गीत गाएका थिऐ भने लामा समुदायकी महिलाले ठाईकोर नाच प्रस्तुत गरे । यो दिवसको अवसरमा फागुन ६, ७ र ८ गते सबै सरकारी कार्यालय, प्रतिष्ठान तथा संघ संस्थाका कार्यलयमा राष्ट्रिय झण्डा राख्ने, साँझ सवै कार्यालय, जिल्लावासीको घरमा दिपावली गर्ने कार्य जारी रहेको छ ।
फागुन ८ गते सवै पक्षको सहभागिता शिब मन्दिरको सरसफाई गरिनेछ भने जिल्ला अस्पतालले आवश्यकताको आधारमा रक्तदान कार्यक्रम सञ्चालन गर्नेछ । केही वर्ष यता यो दिवस मनाउने नगरिएको परिप्रेक्क्षमा यसवर्ष भने मनाईदै छ ।












