बुद्धिजिवी परिषदको अध्यक्षमा रोकाया

फोटो क्याप्सन बुद्धिजिवी परिषदको नेतृत्व चयन भएपछि सामुहिक तस्बिर खिच्दै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमालेको भातृ संस्था नेपाल बुद्धिजिवी परिषद हुम्लाको अध्यक्षमा लालकेशर रोकाया चयन हुनु भएको छ । शुक्रबार सुरु भएको छैटौं जिल्ला अधिबेशनले रोकायाको अध्यक्षताका जिल्ला कार्य समिति गठन गरेको हो ।

बुद्धिजिवी परिषद हुम्लाको जिल्ला अधिबेशनले रोकायालाई अध्यक्षमा सवसम्मत चयन गरेको परिषदको पुर्व अध्यक्ष नेत्रलाल हमालले बताउनुभयो । अधिबेशनले तेह्र सदस्यीय जिल्ला कार्य समितिको उपाध्यक्षमा जानबहादुर जेठारा, सचिवमा तीर्थराज भण्डारी, सहसचिजमा शंख कार्की, कोषाध्यक्षमा सम्झना रोकाया पनि सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरि सदस्यमा रत्नबहादुर हमाल, दिनेश नेपाली, ऐनबहादुर रावल, राजबहादुर दानी, लख बुढा, दिपक ऐडी, सुनामबहादुर लामा र हिरा बोहरा रहनु भएको छ । अध्यक्षमा चयन भएपछि संगठनलई सशसक्त र जुझारु बनाउने तर्फ लाग्ने बताउनुभयो । यसअघि अधिबेशनको उद्घाटन सत्र सञ्चालन भएको थियो ।

सो सत्रमा एमाले हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाही, सचिव तीर्थराज बोहरा लगाएतको उपस्थिती रहेको थियो ।