हुम्लामा कोदो उत्पादन बृद्धि

फोटो क्याप्सन कोदो टिप्दै हुम्ला जिल्लाका स्थानीय महिलाहरु । तस्बिर ः फाईल फोटो

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा यसवर्ष कोदो उत्पादन बृद्धि भएको छ । कोदोको सरोकारवाला पक्षको समन्वयनमा बजारीकरण हुन थालेपछि यसको उत्पादनमा बृद्धि भएको हो ।
पछिल्ला वर्षहरुमा जिल्लामा कोदोको उत्पादन बृद्धि भई रहेको कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले जानकारी दिए ।

कुअन्नका रुपमा चिनिदै आएको कोदोको परिकार बिबिधिकरण गर्नका लागि जिल्ला बाहिर बजारीकरण हुन थालेपछि स्थानीय कोदो खेतीतर्फ आर्कषित हुन थालेको कारण उत्पादनमा बृद्धि भएको होे । यसअघि हुम्लामा कोदोको रोटी र ढिडो मात्र खाने गरिन्थ्यो ।

तर हाल यसबाट जिल्ला मै पनि अन्य बिभिन्न परिकार तयार पारेर बिक्री हुन थालेपछि किसानसंग उपभोक्ता र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले कोदो नै खरिद गर्न थाल्दा यसबाट पनि आम्दानी हुने देखिदा किसान खेतीमा लागेका हुन । जिल्ला दररेट अनुसार कोदो प्रतिकेजी नब्बे रुपियामा खरिद बिक्री हुने गरेको छ ।

कृषि क्षेत्रमा काम गर्दै आएका निकायहरुले पनि कोदो खेतीको प्रर्बद्धनका कार्यक्रमहरु सञ्चालन गर्नाले पनि यसको उत्पादनमा सहयोग पुगेको उहाँले बताउनुभयो । कार्यालयले उपलब्ध गराएको बिबरण अनुसार यसवर्ष एक हजार ६२ हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार १३० मेट्रिकटन कोदो उत्पादन हुँदा प्रति हेक्टर एक दशमलव सुन्ने सात मेट्रिकटन उत्पादन भएको छ ।

जव कि गत आर्थिक वर्ष सोही जग्गामा एक हजार १२५ मेट्रिकटन कोदो उत्पादन भएर प्रति हेक्टर एक दशमलव सुन्ने तीन मेट्रिकटन उत्पादन भएको थियो । अझ दुई वर्ष अगाडी उक्त जमिनमा ९८५ मेट्रिकटन कोदो उत्पादन भएको थियो । जिल्ला दररेट अनुसार कोदो प्रतिकेजी नब्बे रुपियामा खरिद बिक्री हुने गरेको छ ।