उत्तरी क्षेत्रका प्रहरी चौकीमा उजुरी नै पर्दैन

सि.टा.समाचारदाता
सिमकोट । जिल्लाका उत्तरी क्षेत्रका प्रहरी चौकीहरुमा उजुरी नै पर्ने गरेका छैनन् । हिउदमा चिसोको कारण मानिसहरुको वसोवास कम हुने र बाहिरका मानिसहरुको आउजाउ नहुने भएको कारण कुनै अपराधिक घटना नघट्ने भएकोले चौकीमा प्रहरी भएपनि उजुरी नपर्ने गरेका हुन ।

गत मङ्सीर महिना यता यारी प्रहरी चौकी एउटा पनि उजुरी नपरेको यारी प्रहरी चौकीले जनाएको छ । चौकी ड्युटी दिने तर कुनै पनि उजुरी नपर्ने भएको कारण चौकीमा कुर्ने कार्य भई रहेको छ । उजुरी नपरे पनि प्रहरी यारीको निम, ह्याङ्सी गाउँसम्म एक दिन लगाएर गस्ती गर्न भने जाने गरेको छ ।

हिउदमा हिल्सा नाकाबाट चीनको ताक्लाकोट आउजाउ नहुने भएको कारण पनि कुनै अपराधिक घटना हुने गरेका छैनन् । हाल यारी र दह गाउँमा प्रहरी बाहेक स्थानीयको मात्र वसोवास हुने गरेको छ । यारी प्रहरी चौकीमा छ जना प्रहरीले काम गर्दै आउनु भएको छ । विगतमा यारी गाउँ झगडा भई रहने गाउँमा पर्छ ।

यता सिमा प्रहरी चौकी हिल्साले हालसम्म प्रहरी चौकीमा कुनै पनि उजुरी नपरेको बताउदै नारामा हिमपातले सडक अवरुद्ध भएपछि मानिसको आउजाउ नै बन्द भएको जनाएको छ । नियमानुसार चौकीमा वस्नै पर्ने भएको कारण हाल प्रहरी हिल्सामा वसी रहेको छ ।

गत मङ्सीर महिनासम्म केही झै झगडाका उजुरीहरु आउने गरे पनि अहिले भने कुनै पनि उजुरी नआएको छ । हिल्सामा छ जना होटेल कुरुवा स्थानीय मात्र बस्दै आएका छन् । स्थानीय बाहेक सशस्त्र प्रहरी र जनपद प्रहरी मात्र हिल्सामा वस्दै आएका छन् । हिउदको समयमा गतवर्षसम्म प्रहरी चौकीमा नवसेर मुचु प्रहरी चौकीमा सर्ने गथ्र्यो ।

यता उक्त वडा कै धेरै पहिले स्थापना भएको पुरानो मुचु प्रहरी चौकीमा उजुरी नपर्ने अवस्था पनि उस्तै रहेको छ । उक्त प्रहरी चौकी अपायक पर्ने स्थानमा रहेको छ । कर्णाली नदी वारीपट्टीबाट सिमकोट हिल्सा सडक निर्माण भएको कारण मानिसको आउजाउ कामै नपरी जाने कुरा नभएकोले पनि कुनै घटना घट्ने नगरेको होे ।

सो चौकीले मुचु र तुम्कोट गाउँको शान्ती सुरक्षा हर्ने गर्दै आएको छ । अर्को कुरा स्थानीयको वसोवास कम हुदै गएको कारण पनि कुनै अपराधिक घटनाहरु नभएको प्रहरीको भनाई छ । कुनै घटना नहुने भएकै कारण नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको सुनखानी प्रहरी चौकी छ महिनाका लागि स्थापनादेखि जिल्लामा सर्ने गर्दै आएको छ । सो प्रहरी चौकीमा बर्खामा पनि उजुरी आउने पर्ने गर्दैन ।