दुई महिना भन्दा बढी समयदेखि कर्णालीका बिमानस्थलमा नेपाल एइरलाईन्सको उडान बन्द

फोटो क्याप्सन सिमकोट बिमानस्थलको एप्रोनमा नेपाल एयरलाईन्सको जहाज ल्याण्ड गरेको । तस्बिर ः फाईल फोटो

सि.टा. समाचारदाता
सिमकोट । सरकारी स्वामित्वको नेपाल एयरलाईन्सले दुई महिना भन्दा बढी समययता कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा उडान सेवा बन्द हुँदै आएको छ । एयरलाईन्ससंग उडान भर्ने जहाजको उडान समय सकिदा जहाज नभएपछि उडान बन्द गरिएको हो ।

गत पुस ७ गतेबाट नेपाल एयरलाईन्सको जहाजहरुले उडान सेवा बन्द हुँदै आएको नेपाल एयरलाईन्स सिमकोट शाखाका प्रमुख छिरिङ लामाले बताए । एयरलाईन्ससंग पुस ७ गतेसम्म एउटा जहाज मात्र सञ्चालनमा रहेकोमा सो जहाजको उडान समय सकिएको हुँदा सो मिति यता कर्णालीका पाँच र सुदुरपश्चिमका एउटा जिल्लाको उडान प्रभावित हुँदै आएको छ । नियमसंग भएको अर्को जहाजको उडान समय गत जेठमा सकिएको भएपनि हालसम्म नयाँ ईन्जिन राख्ने कार्य हुन सकेको छैन । पुस ७ गतेबाट उडान समय सकिएको जहाजका लागि पनि नयाँ ईन्जिन खरिद गरे सप्लायर्स छनौट भएको भएपनि ईन्जिन ल्याउने कार्यमा ढिलाई भएको कारण जहाजहरु उडान भर्न नसकेको होे ।

नेपाल एइरलाईन्सले नेपालगंजबाट कर्णालीको रुकुम पश्चिमको चौझारी बिमानस्थलमा काठमाडौ, चौझारी नेपालगंज र नेपालगंज चौझारी काठमाडौं उडान भर्दै आएको थियो भने नेपालगंजबाट हुम्लाको सिमकोट बिमानस्थल, जुम्लाको जुम्ला बिमानस्थल, डोल्पाको दुनै बिमानस्थल, मुगुको ताल्चा बिमानस्थलका उडान भर्दै आएको थियो ।

बिमान कहिलेबाट सञ्चालनमा आउने हो त्यो पनि भन्न नसकिने उहाँले बताउनुभयो । त्यसैगरि सुदुरपश्चिमको बाजुरा जिल्लाको कोल्टी बिमानस्थलमा पनि उक्त जहाजले उडान भर्ने गथ्र्यो । नेपाल एयरलाईन्सको उडान बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् ।