आइतबार बढेको सुनको मूल्य आज पनि बढ्यो

सि.टा समचारदाता
आइतबार बढेको सुनको मूल्य आज पनि बढेको छ। चाँदीको मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकसय रुपैयाँ बढेको हो।

सुनको मूल्य आज तोलाको एक लाख ७० हजार चारसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ७० हजार तीनसय रुपैयाँ थियो। यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।आज चाँदीको भाउ भने स्थिर छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय ८५ रुपैयाँमै स्थिर रहेको हो।