अदानचुलीमा आजवाट एकिकृत शिबिर हुँदै

सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा फागुन २७ गते आजवाट एकिकृत शिबिर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयका समन्वयमा चार वटा सेवा प्रदायक निकायहरु मिलेर सो शिबिर आयोजना गर्न लागेका हुन ।

मंगलबारबाट अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा एकिकृत शिबिर सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । उनले सेवा प्रदायक निकायहरुबाट प्रदान गरिने सेवाहरु ग्रामिण स्तरबाट जिम्मेवार ब्यक्तिबाटै सेवा दिनका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

यसमा स्वास्थ्य सेवा कार्यालय, आर्युवेद स्वास्थ्य केन्द्र, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र पशु अस्पताल तथा पशुसेवा कार्यालयले आफ्ना सेवा प्रदान गर्नेछन् । यसका लागि प्रजिअ पाण्डेको टोली मंगलवार बिहान अदानचुलीमा पुगेको छ । शिबिर फागुन २८ गतेसम्म सञ्चालन हुनेछ । जसमा २२ भद्या बढी सेवाहरु प्रदान गरिनेछ ।