सामाजिक अगुवा रोकाया सम्मानीत

फोटो क्याप्सन राजधानी काठमाडौंमा आयोजिक एक कार्यक्रममा रोकायालाई सम्मान गरिदै । । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । स्थायी ठेगाना सिमकोट गाउँपालिका– ५ भएपनि हाल नेपालगंज उपमहानगर पालिकामा बस्दै आएकी तारा रोकाया सम्मानीत भएकी छन् । सामाजिक क्षेत्रमा उनले गरेको योगदानको कदर गर्दै काठमाडौंको फोकस नेपाल संस्थाले एक कार्यक्रमको आयोजना गरि यस्ता ब्यक्तिहरुलाई सम्मान गरेको हो ।

नेपालगंज बसेर पुर्णतारा फाउण्डेसन मार्फत असाहय ब्यक्तिहरुलाई सहयोग गर्दै आएको रोकायालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले बताए ।

उनी बिगत पन्द्र वर्षदेखि कुनै कुनै रुपमा सामाजिक संघ संस्थाहरुमा जोडिएर काम गर्दै आएकी छन् । उनले रोकाया सहित बिभिन्न क्षेत्रमा योगदान पुर्याउने अन्य बाह्र जनालाई पनि सम्मान गरिएको बताए ।

सम्मान स्यानै भएपनि यसबाट उनीहरुले योदगानको कदर स्वरुप यो कार्यक्रम आयोजना गरिएको हो । सम्मानीत ब्यक्तिहरुलाई पुर्वप्रधानमन्त्री झलनाथ खनालले कदरपत्र प्रदान गरेर सम्मान गरेका थिए । हालसम्म गरिएको सामाजिक क्षेत्रको कामले गर्दा यो सम्मान पाईएको र यसवाट थप सामाजिक क्षेत्रमा काम गर्ने प्रेरण मिलेको सम्मानीत भएपछि रोकायाले बताईन ।