सि.टा. समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिका– ७ को रोडिकोट गाउँ नजिकैको बनमा माटो खन्ने क्रममा माथिबाट ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको हो । बुधबार बिहानै माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएकी छन् ।
सर्केगार्ड गाउँपालिका– ७ को रोडिकोट गाउँ नजिकैको बनमा माटो खन्ने क्रममा माथिबाट ढिस्को खस्दा पुरिएर मृत्यु र घाईते भएकी छन् । घर लिपपोत गर्ने माटो खन्ने क्रममा माथिबाट ढिस्को खसेर रोडिकोट निवासी २८ वर्षकी नेत्रकला जैसीको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरि सो ढिस्कोमा पुरिएर सोही गाउँकी २५ वर्षकी तीर्थकला जैसी, २७ वर्षकी मालती जैसी, २६ वर्षकी बाल्नी जैसी, २० वर्षकी लक्ष्मी जैसी गम्भीर घाई रहेको र २६ वर्षकी भन्जली जैसी सामान्य घाईते भएकी छन् ।
मृतकको लास निकाल्ने कार्य भई सकेको छ भने घाईतेको घटानस्थलबाट उद्धार गररे रोडिकोट स्वास्थ्य चौकीमा प्राथमिक उपचार गर्ने कार्य भई रहेको छ । गम्भीर घाईतेको थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भई रहेको छ ।
























