नेपाल शिक्षक संगठन हुम्लामा सर्वसम्मत नेतृत्व चयन

फोटो क्याप्सन नयाँ चयन भएको जिल्ला कार्य समितिका पदाधिकारीहरु । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । नेपाल शिक्षक संगठन हुम्लाको नेतृत्व सर्वसम्मत चयन भएको छ । बिहीबार भएको संगठनको चौधौं जिल्ला अधिबेशनले सिंगो जिल्ला कार्य समिति चयन गरेको हो ।

अध्यक्षमा सिंहबहादुर जेठारा सर्वसम्मत चयन भएका छन् । अधिबेशनले संगठनको उपाध्यक्षमा पृथ्वी शाही, समावेशी उपाध्यक्ष धनदेवी शाही, सचिवमा जयवहादुर बम, सहसचिवमा अमृता शाही, कोषाध्यक्ष चीन बोहरा र सहकोषाध्यक्षमा रामशिला रोकायालाई चयन गरेको छ ।

२३ सदस्यीय जिल्ला कार्य समितिका सदस्यहरुमा महाचन्द जैसी,चक्र बुढा, सिंह फडेरा, मदन बुढा, सुरेश शाही, परेग शाही, शंख कार्की, बिशाल रोकाया, गीता फडेरा, लोगसरा बुढा, मेक बहादुर फडेरा, पदमबहादुर बुढा, धनराज बुढा, रामभक्त जैसी, बसन्ती रोकाया, जयलक्ष्मी शाही र प्रेमबहादुर शाही चयन भएका छन् ।

सिंगो जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको हो । त्यसैगरि हरि प्रसाद जैसीको संयोजकत्वमा आठ सदस्यीय सल्लाहाकार समिति पनि अधिबेशनले चयन गरेको छ । समितिका अन्य सदस्यहरुमा छिरिङ लामा, दलबहादुर ऐडी, मोहनजंग शाही, पाले फडेरा, बक्त थापा, दिनबन्दु शाही र हिरा बोहरा रहेका छन् ।

त्यसैगरि अधिबेशनले केन्द्री प्रतिनिधिहरुमा हरिप्रसाद जैसी, दिफ ऐडी र हिरा बोहरालाई चयन गरेको छ । संगठनको चौधौ अधिबेशनको बन्द सत्रबाट जिल्ला कार्य समिति चयन भएको हो । यसअघि अधिबेशनको उद्घाटन सत्र भएको थियो ।