सि.टा. समाचारदाता
सि.टा. । नेकपा माओवादी केन्द्र ताँजाकोट गाउँपालिकाको अधिबेशन स्थगित भएको बिहानैबाट वर्षा भई रहेको कारण अन्तिम समयमा आएर अधिबेशन स्थगित गरिएको हो ।
सबै तयारी पुरा भएको भएपनि वर्षा भई रहेको कारण केही समय अगाडी मात्र पार्टीको गाउँपालिका कमिटीको निर्णय अनुसार निर्धारित कार्यक्रम स्थगित गरिएको उक्त गाउँपालिकाका पुर्व सचिव मदन नेपालीले बताए ।
सवै वडाबाट अधिबेशन प्रतिनिधि गाउँपालिका केन्द्र छप्रेलामा आउन संभव नदेखिएपछि अधिबेशन स्थगित गरिएको उनले बताए । यसका सो गाउँपालिकाका इन्चार्ज रणसिंह परियार समेत गाउँपालिकामा पुगि सकेका थिए भने अधिबेशनका लागि माओवादी ताँजाकोट देउडा कलाकारहरु पनि उपस्थित गराएको थियो । अव अधिबेशनको अर्को मिति तय नभएसम्मका लागि स्थगित गरिएको छ ।
यसैबिच सर्केगार्ड गाउँपालिकाले पनि शनिबार पुर्व निर्धारित गाउँपालिका अधिबेशन स्थगित गरेको जनाएको छ । माओवादी जिल्ला समन्वय समितिको निर्णय अनुसार आज सात वटै गाउँपालिकामा एक साथ गाउँपालिका अधिबेशन गर्ने निर्णय गरेको थियो । उत्तरी षेत्रका सिमकोट र नाम्खा गाउँपालिकाले भने केही समय पछि अधिबेशन सारेका छन् ।
























