हुम्लामा मनाईयो बिश्व उपभोक्ता अधिकारी दिवस

सि.टा. समाचारदाता
सिमकोट । शनिवार विश्व उपभोक्ता दिवस जिल्लामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । विश्व उपभोक्ता दिवसको अवसरमा र्याली निकाल्दै लोकतन्त्र चोकमा कोणा सभा गरि मनाइएको हो ।

“स्वच्छ र प्रतिस्पर्धि बजार, उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने मुल नाराका साथ विश्व उपभोक्ता दिवस मनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडीाट प्ले कार्डसहित निकालिएको र्यालीले सिमकोट बजारको परिक्रम गरेको थियो । ¥याली निकालिएका प्ले कार्डमा उपभोक्ताका हक अधिकारीहरु लेखिएका थिए । र्यालीपछि कोण सभामा प्रिमुख जिल्ला अधिकारी नारायण पाण्डेले दिवसको नारालाई सार्थक तुल्याउन उपभोक्ताका हक अधिकारका लागि बनेका ऐन कानुन कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्ने बताए ।

उनले अहिले पनि ढुवानी समस्याका कारण उपभोक्ताले दैनिक उपभोग्य सामान समय सीमा नाघेका सामग्री प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । यसको अन्त्यका लागि उपभोक्तास्तर बाटै जागरुकता आउनुपर्ने उनको भनाइ छ।

उपभोक्ताले पनि सामान खरिद गर्दा ख्याल गर्नु पर्ने भनाई उनको थियो । उनका अनुसार जिल्लामा आउने माछा मासुको चेक गर्ने मेसिन गोप्य रूपमा हुनु पर्ने र बजारमा रहेका पसलहरूले प्यान नम्बर लिन र नविकरण गरेको छ छैन बेला बेलाका अनुगमन हुनु पर्ने बताए ।

उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले पभोक्ताले आफ्ना हक अधिकारबारे जानकारी राख्नुुपर्नेमा जोड दिए.। उनले उपभोक्ता शुुद्ध र समय प्रयोगका लागि समय सीमा ननाघेका सामग्री प्रयोग गर्न पाउनु उनीहरूको अधिकार भएको बताए । बजार अनुगमनलाई तिब्र पार्न सम्बन्धित कार्यालयले ध्यान दिनु पर्ने बताए । अबका दिन देखि बजार अनुगमनलाई तिब्र पार्न उनले आग्रह गरे ।

बजारमा धेरै ठाउँमा एउटै पसलमा हजारौ सामान राख्ने गरेका छन् । महिनाको एक पटक अनिवार्य बजार अनुगमन गर्न आवश्यक देखिएको छ , अर्गानिक जिल्ला, बिषाधी युक्त घोषणा भए भएको जिल्ला हो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, सुरक्षाकर्मी, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।