शैक्षिक सुधारका लागि अन्र्तकृया

फोटो क्याप्सन विद्यालयले आयोजना गरेको शैक्षिक अन्र्तकृया कार्यक्रमका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचरादाता
सिमकोट । जिल्ला कै पुरानो विद्यालयमा पर्ने सिमकोट गाउँपालिकाको मानसरोवर नमूना माध्यामिक विद्यालयले खुल्ला रुपमा शैक्षिक अन्र्तकृया कार्यक्रम आयोजना गरेको छ । विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि शिक्षा क्षेत्रका ब्यक्तिहरुबाट राय, सुझाव र प्रतिकृया लिनका लागि यो कार्यक्रम विद्यालयले आयोजना गरेको हो ।

अन्र्तकृया कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखाका नायव सुव्वा कृष्ण प्रसाद आचार्यले सदरमुकामको पुरानो विद्यालयले शिक्षा क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए ।

शैक्षिक क्यालेण्डर अनुसार अगाडी बढ्न सके धरै कुरामा सुधार ल्याउन सकिने बताउदै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनले जनाए । पहिलो जिल्ला कै उत्कृष्ट विद्यालयमा पर्ने यो विद्यालयका शैक्षिक अवस्था खस्कदै जानु सकरात्मक नभएको उनको भनाई थियो ।

कार्यक्रम सिमकोट गाउँपालिका– ६ का वडा अध्यक्ष नन्द रावतले शिक्षकले मात्र शैक्षिक सुधार गर्न नसक्ने भएको कारण त्यसलाई अभिभावक, बिधार्थी, सहयोगी निकाय, विदालय ब्यवस्थापन समिति सबै आआफ्नो स्थानमा लाग्नु पर्ने बताए । विद्यालयमा शैक्षिक सुधारका लागि पुर्वाधार निर्माण देखि अन्य आवश्यक संरचनाहरुको ब्यवस्थापन गर्न पनि उत्तिक्कै आवश्यक रहने उनले भनाई राखे ।

कार्यक्रममा सहभागीहरुले विद्यालयमा शैक्षिक सुधार ल्याउन आवश्यक रहेको र यसका लागि सरोकारवाला पक्षले पनि ध्यान दिन आवश्यक रहेको सुझाव दिनु भएको थियो । बिशेष गरि हुम्लामा अभिभावकहरुले खासै आफ्ना सन्ततीको पठनपाठन प्रति चासो दिन नसकेको गुनासो पनि गरिएको थियो ।

अर्को कुरा विद्यालयसंग भएकै साधन श्रोतको अधिकतम प्रयोग गरेर शिक्षामा सुधार ल्याउनु पर्ने सुझाव दिनु भएको थियो । नितान्त रुपमा विद्यालयको शैक्षिक अवस्था सुधारका लागि अन्र्तकृया कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।

पछिल्ला वर्षहरुमा उक्त विद्यालयको शैक्षिक अवस्था खस्कदै गएको टिका टिप्पण हुने गर्दै आएको छ । कार्यक्रम अभिभावकलाई लक्षित गरेर आयोजना गरिएको भएपनि अभिभावकहरु उल्लेख्य रुपमा उपस्थित हुन नसकेको उनले दुःख दुःख ब्यक्त गरे । अभिभावकबाटै शिक्षा सुधारका लागि केही सुझाव आउला भन्ने आशा रहेको भएपनि त्यो पुरा हुन नसकेको उनको भनाई थियो ।

उनले बिधार्थी नीजि विद्यालयमा जाँदा अभिभावकले धेरै ध्यान दिने तर साुमदायीक विद्यालयमा भर्ना हुने बिधाथीहरु प्रति चासो नहुनु राम्रो नभएको बताए । उनले विद्यालयको शैक्षिक सुधारका लागि जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने र शिक्षा क्षेत्रका बारेमा जानकार ब्यक्तिहरुबाट आएका सुझावलाई अक्षरस विद्यालयले पालन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।