एसईईको तयारी पुरा

सि.टा. समाचारदाता
सिमकोट । चैत ७ गतेबाट सञ्चालन हुने यसवर्षको एसईई परिक्षाको तयारी पुरा भएको छ । जनशक्ति र सुरक्षाकर्मी खटन पटनदेखि उत्तर पुस्तिका, प्रवेश पत्र र प्रश्नापत्र समेत परिक्षा केन्द्रमा पुगि सकेको कारण परिक्षाको तयारी पुरा भएको हो ।
यस पटकको एसईई परिक्षाका लागि २०७ जना न.जनशक्ति परिचालन हुने भएको छ ।

सात वटा परिक्षा केन्द्रका लागि यी जनशक्ति परिचालन हुने भएका हुन । हुम्ला जिल्लामा सात वटा परिक्षा केन्द्रहरु रहेका छन् । यसअघि छ वटा परिक्षा केन्द्र रहदै आएकोमा यस वर्षका खार्पुनाथ गाउँपालिकाको सीता माविमा पनि परिक्षा केन्द्र निर्धारण भएको छ ।

अब परिक्षाका लागि सात जना केन्द्राध्यक्ष, सात जना सहायक केन्द्राध्यक्ष, ५५ जना निरीक्षक, ११ जना सहकाय र २२ जना कार्यालय सहयोग खटिएका छन् । त्यसैगरि एउटा परिक्षा केन्द्रका पन्द्र जना सुरक्षाकर्मी परि परिचालन गरिनेछ ।

टाढाका परिक्षा केन्द्रहरुका लागि प्रश्ना पत्र, उत्तर पुस्तिका प्रवेश पत्र सबै पुगि सकेका छन् । सदरमुकाम सिमकोटका लागि भने पाँच गतेसम्म उत्तर पुस्तिका र प्रबेश पत्र पुग्ने छन् ।
यसवर्ष हुम्ला जिल्लाबाट एक हजार १०४ जना परिक्षार्थीहरुले परिक्षामा सहभागीता जनाउने भएका छन् ।

यो सङ्ख्या नियमित र ग्रेड बृद्धि गरि हो । यसमा नियमित तर्फ ९५० जना र ग्रेड बृद्धितर्फ १५४ जनाले परिक्षामा सहभागिता जनाउदै हुनुहुन्छ । जव कि गतवर्षको एसईईमा एक हजार १८८ जना परिक्षार्थीहरुले एसईई परिक्षामा सहभागीता जनाउनु भएको थियो ।

त्यो भन्दा अघिल्लो वर्ष हुम्ला जिल्लाबाट एक हजार १९६ जना परिक्षार्थीहरुले एसईई परिक्षामा सहभागिता जनाउनु भएको थियो । यसरी एसईई परिक्षामा परिक्षार्थीहरुको सङ्ख्या घट्नुको मुख्य कारण जिल्ला छोडेर अध्ययनका लागि शहरका विद्यालयमा जानु रहेको र केही बिधार्थीहरुले कक्षा नौ र दशमा पढाई छोड्नु रहेको शिक्षा बिकास तथा समन्वय एकाई प्रमुख योगेश आलेमगरले बताउनुभयो ।

एकाईले उपलब्ध गराएको परिक्षार्थी बिबरण अनुसार यसवर्षको एसईई परिक्षा दिनेमा साधारणतर्फ कुल ८६१ जना परिक्षार्थी रहनु भएको छ भने प्राविधिक धारतर्फ ८९ जना परिक्षार्थीहरु रहनु भएको छ । त्यसैगरि ग्रेड बृद्धितर्फ साधारण र प्राविधिक धारगरि जम्म १५४ परिक्षार्थीहरु रहनु भएको छ । कुल परिक्षार्थी मध्य छात्राको सङ्ख्या ६२७ रहेको छ भने छात्रको सङ्ख्या ४७७ रहेको छ । परिक्षार्थीहरुमा छात्र भन्दा छात्राको सङ्ख्या १५० ले बढी रहेको छ ।

परिक्षाको तयारी पुरा

परिक्षाको सवै तयारी पुरा भएको छ । प्रश्नापत्र र उत्तर पुस्तिका समय मै जिल्लामा ढुवानी भएर आई पुगेपछि परिक्षा समन्वय समितिले एसईई परिक्षाको तयारी पुरा गरेको हो । एकाई प्रमुख आलेमगरले यस पटकको एसईई परिक्षाको तयारी पुरा भएको बताउनुभयो । उहाँले प्रश्नापत्र, उत्तर पुस्तिका र प्रवेशपत्र जिल्लामा आई पुगेसंगै परिक्षाका अन्य तयारी समेत गरिएको बताउनुभयो । उहाँले केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्ष तोक्ने कार्य भई सकेको र टाढाको परिक्षा केन्द्र मदानादेभ र सुर्यादय मावि परिक्षा केन्द्रका लागि उत्तर पुस्तिका, प्रश्नापत्र र प्रवेश पत्र पठाउने कार्य समेत भएको प्रमुख आलेमगरले बताउनुभयो । त्यस अनुसार क्रमश सबै परिक्षा सामाग्री पठाउने कार्य पनि सुरु भई सकेको उहाँले बताउनुभयो । परिक्षालाई निष्पक्ष र मर्यादित बनाउन परिक्षा अनुगमन समितिलाई पनि सकृय बनाउने कार्य हुने उहाँले बताउनुभयो ।
सात वटा परिक्षा केन्द्र निर्धारण
यसवर्षबाट एसईई परिक्षाका लागि सात वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । यी परिक्षा केन्द्रहरुमा सिमकोट गाउँपालिकाको मानसरोवर मावि केन्द्र र बाल मन्दिर मावि केन्द्र रहेका छन् भने खार्पुनाथ गाउँपालिकाको सीता मावि केन्द्र रहेको छ ।

त्यसैगरि सर्केगार्ड गाउँपालिकामा हिमज्योति मावि सर्केगार्ड केन्द्र र कोट मावि रोडीकोट केन्द्र रहेका छन् । त्यसैगरि अदानचुली गाउँपालिकाको सुर्योदय मावि केन्द्र र ताँजाकोट गाउँपालिकाको मदानादेव मिाव केन्द्र रहेका छन् । यी परिक्षा केन्द्रमा जिल्लाका २७ वटा माविमा अध्ययनरत परिक्षार्थीहरुले परिक्षा दिन लाग्नु भएको हो ।