सिटिजन्स बैङ्कद्धारा विद्यालयमा बित्तिय साक्षरता अभियान

फोटो क्याप्सन बाल मन्दिर माविका बिधार्थीहरुलाई बित्तिय साक्षरता सञ्चालन गर्दै बैंङ्कका कर्मचारी । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नीजि क्षेत्रको सिटिजन्स बैंङ्क इन्टरनेस्नलको तीन वटा शाखाले बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् । विद्यालय स्तरमा अध्ययनरत बिधार्थीहरुलाई बित्तिय क्षेत्रका बारेमा जानकारी दिनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । नाम्खा गाउँपालिकाको महावौद्ध मावि याल्वाङमा सो बैंकको बित्तिय साक्षरता अभियान सञ्चालन भएको उक्त शाखाका प्रबन्धक ईश्वर बोहराले जनाकारी दिए ।

अभियानका क्रममा बित्तिय क्षेत्रको बारेमा बिधार्थीहरुलई जानकारी दिने कार्य भएको छ । एक हप्तामा बैंकका दुई वटा शाखाले तीन वटा विद्यालयमा अभियान सञ्चालन गरेका छन् ।

सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा नौ र दशका बिधार्धीहरुका लागि बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको सिटिजन्स बैङ्क इन्टरनेस्नल सिमकोट शाखाका पबन्धक हेमराज हमालले बताए ।

उनले बैङ्कले आफ्नो सामाजिक उत्तर दायित्व अन्र्तगत यो कार्यक्रम विद्यालय स्तरमा जनचेतना जोगाउनका लागि सञ्चालन गरेको बताए ।

प्रबन्धक हमालले बित्तिय क्षेत्रका बारेमा सहजिकरण गरिएको कार्यक्रममा बैङ्क भनेको के हो, बचत कसरी गर्ने, बचतका फाईदा, यसबाट गर्न सकिने प्रयोग, खाता कसरी खोल्ने, यसका फाईदाका बारेमा जानकारी गराएका थिए ।

त्यसैगरि डिजिटल बैकिङ्ग, डिम्याट, मेरो शेयर, एटिए, क्रेडिट कार्ड, मोवाईल बैङ्किग, लगाएतका नयाँ प्रबिधिका बारेमा पनि जानकारी गराउने कार्य गरिएको थियो ।

विद्यालयका माथिल्लो तहका एक सय जना बिधार्थीहरुलाई यो जानकारी गराएर बिधार्थीहरुद्धारा नै अरुलाई पनि जानकारी गराउनु यो अभियानका लक्ष्य रहेको उनको भनाई थियो । साथै बैङ्किग क्षेत्रका बारेमा पनि जानकारी गरिएको थियो ।

यो कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रियबैंक समक्ष्य नीजि तथा बाणिज्य बैंङ्कहरुले प्रतिबद्धता समेत ब्यक्त गर्ने र सोही अनुसार हुम्लामा पनि यो कार्यक्रम सञ्चालन गरिएको हो । यसअघि उक्त बैंङ्कको नाम्खा गाउँपालिकामा स्थापना भएको शाखाले बिधार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको थियो ।

यस्ता जनचेतनामुलक कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिने बैङ्कले जनाएको छ । त्यसैगरि शाखाले यो अभियान सिमकोट गाउँपालिका कै मानसरोवर नमूना माविमा पनि सञ्चालन गरेको छ ।