मानव अधिकार पैरवी सञ्जालको संयोजकमा बोहरा

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका स्तरीय मानव अधिकार पैरवी सञ्जालको संयोजकमा गोर्ख बोहरा चयन भएका छन् । मानव अधिकारका क्षेत्रमा वकालत गर्नका लागि यो सञ्जाल गठन गरिएको हो ।

सिमकोट गाउँपालिका स्तरीय पन्द्र सदस्यीय मावन अधिकार पैरवी सञ्जाल गठन गर्ने कार्य छ । उक्त सञ्जालको संयोजकमा गोख बोहरा चयन भएका छन । सञ्जालका अन्य पदहरुमा डम्वर शाही सचिव चयन भएका छन । त्यसैगरि तेह्र जना सदस्यहरु पनि चयन गरिएको छ ।

जसमा सिंह बहादुर लामा, काला भण्डारी, छिटुप लामा, सुनामयाङजोम लामा, गगन शाही, प्रगति शाही, राजु बोहरा, बलजिते कामी, माया रावल, शुशिला रोकाया, राजदेवी सिंह शाही, गत्तु सिंह र देबकी बुढा रहेका छन् । उनीहरु सवै सिमकोट गाउँपालिकाका सवै वडाबाट चयन भएका हुन ।

यसअघि सहभागीलाई मानव अधिकारका वारेमा अभिमुखीकरण समेत गरिएको थियो । डेनमार्क सरकारको आर्थिक सहयोगमा सिमकोट र नाम्खा गाउँपालिकामा लागु भएको सुधारिएको मानव अधिकारको स्वतन्त्र समावेशी हुम्ली समाज सुनिश्चित परियोजना अन्र्तगत यो सञ्जाल गठन गरिएको हो ।