लोग भण्डारी
सिमकोट । सुर्यज्योति लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडले दुरदराजको बस्तीमा बिमा साक्षरता कार्यक्रम सञ्चाल गरिएको हो । बिमा सम्वन्धि जनचेतना फैलाउन र बिमाको पहुँच ग्रामीणस्तरसम्म पुर्याउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।
बिमा सम्वन्धि जनचेतना मुलक कार्यक्रम सिमकोट गाउँपालिक– ३ को बरगाउँमा सञ्चालन गरिएको कम्पनीका अप्रेशन इन्चार्ज लोग भण्डारीले बताए । बिमाको पहुँच ग्रामीण क्षेत्रसम्म पुर्याउन र बिमाको महत्व बुझाउनका लागि यो कार्य अनिवार्य रहेको कारण साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।
साक्षरता कार्यक्रममा बिमा बारे जानकारी, महत्व, उपयोगिता, फाईदा, नगर्दाका बेफाईदाका बारेमा जानकारी गर्ने कार्य गरिएको थियो । साथै बचत र सुरक्षाका बारेमा पनि जानकारी गरिएको थियो । बिमाका बिभिन्न योजनाका बारेमा पनि जानकारी गर्ने कार्य गरिएको थियो ।
उक्त कम्पनीले हुम्ला जिल्लामा महिनाको एक पटक यस्तो बिमा साक्षरण कार्यक्रम सञ्चालन गर्नु पर्ने नियम राष्ट्रिय बिमा प्राधिकरणले लगाएको छ । प्राधिकरणले पनि जिम्मेवारी दिएको र आफ्नो सामाजिक उत्तर दायित्व अन्र्तगत पनि यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
दुरदराजका वस्तीहरुमा बिमाको पहुँच पुग्न नसकेको कारण पनि बरगाउँमा यो कार्यक्रम सञ्चालन गरिएको र यसबाट बिमाको बारेमा सर्वसाधारणलाई जानकारी गराएको हो । कार्यक्रममा सहभागी वरगाउँकी छिरिङ लामाले बिमाको बारेमा सामान्य जानकारी भएको र अब बिमा गर्नका लागि सबैलाई जनचेतना फैलाउने कार्यमा लाग्ने बईताईन ।
मानिसको जीवनमा बिमा गरेर बचत र सुरक्षाको प्रत्याभूति सवैले लिन आवश्यक रहेको उनको भनाई थियो । ४४ जना सहभागी रहेको बिमा साक्षरता कार्यक्रम कम्पनीको हुम्ला शाखाले आयोजना गरेको हो ।












