पत्रकार हत्याको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

सि.टा समचारदाता

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याको विरोधमा पत्रकारहरूद्वारा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो  । नेपाल पत्रकार महासंघको नेतृत्वमा शनिबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

राजावादी समर्थकहरूले तीनकुनेस्थित एक घरमा लगाएको आगोमा परेर पत्रकार रजकको शुक्रबार मृत्यु भएको थियो । पत्रकार महासंघले पत्रकार रजकका हत्यारालाई कारबाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।