सि.टा. समाचारदाता
सिमकोट । शुक्रबार भएको पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा हुम्लाले र्याली तथा शोक सभा गरेको छ । महासङ्घ हुम्लाले पत्रकार रजक प्रति श्रद्धान्जली व्यक्त गर्दै सदरमुकाम सिमकोट लोकतन्त्र चोकमा कोष सभाआयोजना गरेको हो ।

सिमकोट बजारमा बिरोध र्याली गरेर लोकतन्त्र चोकमा विरोध र शोक सभा गरी हुम्लाका पत्रकारहरूले पत्रकार रजकको हत्यामा संलग्न जो कोहीलाई छानबिन गरीे कानुनी दायारामा ल्याएर कारबाहीको माग गरेका छन् ।
पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ भएको भन्दै अध्यक्ष राजन रावतले पत्रकारहरूमाथि हुने कुनै पनि हिंसात्मक गतिविधि सह्य नहुने बताए । पत्रकारहरूमाथि भएका हत्या, दमन, सञ्चार माध्यममाथि गरिएका आगजनी तथा तोडफोडका घटनाहरूको विरोध स्वरूप र्याली र सभा आयोजना गरिएको हो ।
स्वतन्त्र प्रेसको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाल पत्रकार महासङ्घ हुम्लाले विरोध जनाएको उनले बताए । विरोध र्याली पछिको कोण सभामा महासङ्घका अध्यक्ष राजन रावत, पुर्व अध्यक्ष कर्ण बहादुर रोकाया, अर्जुन बोहरा लगायतले पनि ऐक्यबद्धता जनाउँदै सहभागिता जनाएका थिए ।
यस्ता घटनामा संलग्न जो कोहीलाई छानबिन गरी कानुनी दायरामा ल्याई पत्रकारहरूको सुरक्षा, प्रेस स्वतन्त्रताको संरक्षण, तथा सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विरोध सभा गरिएको विरोध सभा गरिएको हो ।
सभा अघि सिमकोट बजारको धुपी रुख, जिल्ला समन्वय समिति, काठेचुली चोक, काली चोक हुँदै लोकतन्त्र चोकसम्म प्ले कर्ड सहितको र्यालीले परिक्रम गरेको थियो ।

प्ले कार्डमा पत्रकार सुरेश रजकको हत्यारालाई कारवाही गर, पत्रकारको जीवन रक्षा गर, पुर्ण प्रेश तथा अभिब्यक्ति स्वतन्त्रता जिन्दावाद, प्रेश माथिको दमन बन्द गर , पत्रकारहरु माथिको ज्यादती मुर्दाबाद, पत्रकार रजकलाई सहिद घोषणा गर, शान्ति सुव्यवस्था कायम गर पत्रकारलाई निर्बाध समाचार संकलन गर्ने बाताबरण कायम गर लगाएतका नारा लेखिएका थिए ।
















