हुम्लाका पत्रकारहरु कालोपट्टी बाँधेर काम गर्दै

सि.टा. समाचरादाता
सिमकोट । जिल्लामा कार्यरत पत्रकारहरुले आईतबार दिनभर कालो पट्टी बाँधेर काम गरेका छन् । पत्रकार सुरेश रजकको हत्याको बिरोधमा हुम्लाका पत्रकारहरुले दिनभरकालाोपट्टी बाँधेर बिरोध जनाउदै काम गरेका हुन ।

यो बिरोधको कार्यक्रम महासंघको केन्द्रीय निर्देशन अनुसार भएको हो । जिल्लामा उपस्थित सबै पत्रकारहरुले कालो पट्टी बाँधेर बिरोध जनाउदै काम गरेका हुन । कालो पट्टी बाँधेर पत्रकार रजकको हत्याको बिरोध गर्ने कार्य गरिएको छ ।

यसअघि आईतबार बिहान महासंघको ७० औं स्थापना दिवसको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई पोषणयुक्त खानेकुरा पनि कालो पट्टी बाँधेर नै दिईएको थियो । शनिबार सो बिरोधमा हुम्लाका पत्रकारहरुले विभिन्न नारा सहित र्याली र कोण सभा गरेर बिरोध गरेका थिए ।