सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमाले जिल्ला कमिटि हुम्लाको छैटौ वैठक सम्पन्न भएको छ । हाल जिल्लभर सञ्ल भई रहेका जरा अभियानको समिक्षा गर्दै वैठक सम्पन्न भएको हो ।
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी बैठक अध्यक्ष ज्ञमी बुमीको अध्यक्षतामा र केन्द्रीय सदस्य दल फडेराको पउपस्थितीमासम्पन्न भएको छ ।
बैठकमा पार्टीले सन्चालनले गरेको वटा केन्द्रीत (जरा) अभियानको समिक्षा, पछिल्लो समय देशमा प्रतिगमनले टाउको उठाइ रहेको बेला त्यसको बिरुद्दमा पार्टी केन्द्रले १८ गते देशैभर एकैसाथ सञ्चालन गर्न लागेको जागरण सभाका बारेमा छलफल भएको जिल्ला कमिटिका अध्यक्ष ज्ञामी बुमीले बताए ।
एमाले हुम्ला जिल्ला कमिटीको आयोजनामो निरंकुश प्रतिगमन बिरुद्ध सचेतना सभा संचलन गर्ने निर्णय गरेको छ । केन्द्रको निर्णय अनुसार हुम्ला जिल्लाको सिमकोटबाट प्रतिगमन विरुद्ध सचेतना जागरण सभा चैत्र १८ गर्न लागिएको हे ।
वैठकमा पार्टीका केन्दिय सदस्य फडेरा वरिष्ठ नेता लोक बहादुर हमाल ,प्रदेस कमिटि सदस्य अदानकला महतारा, धन्दे दमाई, जसु परियार,नवराज महतारा, डवल रावत, पुर्ण प्रशाद ढकाल , जिल्ला कमिटीका अध्यक्ष बुमी र उपाध्यक्ष प्रकास बहादुर शाही, सचिब तिर्थराज बोहरा, उपसचिव मन्जु रावल, प्रदिप लामा, जिल्ला कमिटीका सदस्य, गाउ कमिटिीका अध्यक्ष जनवर्गिय संगठनका अध्यक्ष तथा केन्द्रीय सदस्य, पुर्व प्रदेस कमिटी सदस्य लगातको उपस्थिती रहेको थियो ।
















