सि.टा. समाचारदाता
सिमकोट । नेपाल शिक्षक संघ हुम्ला जिल्लाको पाँचौ जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ । वर्षको एक पटक गर्नु पर्ने जिल्ला प्रतिनिधि सभाको बैठक बुधबार सदरमुकाम सिमकोटमा आयोजना गरिएको हो ।

सभाको उद्घाटन सत्रमा शुभकामना दिने बक्ताहरुले शिक्षकहरु गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा लाग्नु पर्ने धारणा राखेका थिए । ती बक्ताहरुले विद्यालयमा गुणस्तरीय शिक्षा दिएर शिक्षक संगठनका सदस्यहरुले अलग पहिचान बनाउन सुझाव समेत दिएका थिए ।
अर्को कुरा राज्यले शिक्षकहरुलाई हेपहा दृष्टिले हेर्ने गरेको कारण यतिबेला शिक्षकहरु शहरदेखि गाउँसम्म आन्दोलित भई रहेको पनि बक्ताहरुले बताएका थिए ।

यसरी बताउने बक्ताहरुमा काँग्रेस कावा सभापति कैलाश भण्डारी, सचिव कृष्ण बहादुर बोहरा, कोषाध्यक्ष बबिता शाही, सिमकोट गाउँपाकिाका उपाध्यक्ष शुशिला रोकाया, नाम्खा गाउँपालिकाका अध्यक्ष तकदिर लामा, कर्मचारी युनियका अध्यक्ष बिशाल बोहरा, ट्रेडयुनियनका अध्यक्ष राजन रावत रहेका थिए ।
उद्घाटन पछि बसेको बन्द बन्द सत्रले हाल काठमाडौंमा जारी रहेको आन्दोलनमा हुम्ला जिल्लाबाट शिक्षक संघका सदस्यहरु बढी भन्दा बढी सहभागी गराउने र जिल्लामा पनि आन्दोलन जारी राख्ने निर्णय भएको छ ।












