सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहदुर शाही गृह जिल्ला हुम्लामा आई पुगेका छन् । बिहीबार सुर्खेतबाट कर्णाली प्रदेश सभामा काँग्रेस संसदीय दलको नेता समेत रहेका शाही हुम्ला आई पुगेका हुन ।

दुई हप्ताका लागि पुर्वमुख्यमन्त्री शाही जिल्लामा रहने नेपाली काँग्रेस हुम्लाले जनाएको छ । प्रदेश सरकारका जिल्लास्थित संरचनाबाट प्रदेशमा पठाउने प्रस्तावहरु प्रस्तावना छनौट समितिको बैठकबाट निर्णय गर्दै सिफारिस गर्नका लागि उनी जिल्लामा आई पुगेका हुन । हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्वि गर्ने पाँच जना सदस्य मध्य पुर्वमुख्यमन्त्री शाही जेष्ठ सदस्य समेत रहेका छन् ।
उनको संयोगकत्वमा प्रस्तावना छनौट तथा सिफारिस समिति रहेको छ । यो बाटो बाहेक अन्य अन्य तरिकाले प्रदेशमा योवजना पठाउन सकिने छैन । प्रदेशका दश वटा संरचनाहरु जिल्लामा रहेको र ती सवै कार्यालयबाट पेश भएका प्रस्ताम माथि छलफल भएर समितिले छनौट गर्नेछ ।
त्यसैगरि यो अवधिमा जनतासंग प्रत्यक्ष भेटघाट गर्ने र गुनासोहरु सुन्ने कार्यक्रम पनि रहेको छ । पुर्व मुख्यमन्त्री शाहीलाई सिमकोट बिमानस्थलमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले खादा लगाएर स्वागत गरेका थिए भने प्रहरी नायव निरीक्षक शंकर पोखरेल, काँग्रेस कावा सभापति कैलाश भण्डारी लगाएत काँग्रेस नेता कार्यकर्ता र सरकारी कार्यालयका कर्मचारीहरु स्वागत गरेका थिए ।












