सि.टाा समाचारदाता
सिमकोट । जिल्ला भरका शिक्षकहरुको आन्दोलन जरी रहेको छ । शिक्षक आन्दोलनमा जाँदाा सम्पुर्ण विद्यालयमा पठनपाठन ठप्प भएको हो । शिक्षक महासंघको आयोजनामा भईएके आन्दोलनलाई सर्मथ गर्दै शिक्षकहरुले विद्यालय बन्द गरेर दुई दिनयता आन्दोलन सुरु गरेको नेपाल शिक्षक सङ्घ हुम्लाका अध्यक्ष जुनराज हमालले बताए ।
हुम्लाबाट सवै शिक्षक काठमाडौं गएर आन्दोलनमा सहभागिता जनाउन संभव नहुने देखिएपछि जिल्ला मै आन्दोलन सुरु गरिएको हो । आन्दोलनको पहिलो र दोस्रो दिन शिक्षक महासंघ हुम्लाको आयोजनामा बिरोध र्याली, गाउपालिकाको कार्यालय, शिक्षा बिकास तथा समन्वय एकाईमा धर्ना र कोणसभा आयोजना गरिएको छ ।
दुवै दिन आन्दोलीत शिक्षकहरुले सिमकोट बजारमा बिरोध र्याली निकाल्दै बजार परिक्रममा समेत गरेका थिए । यो बिरोध कार्यक्रम सिमकोट गाउँपालिका मात्र नभएर अन्य छ वटा नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा गरिएको छ ।
शिक्षक महासंघको माग पुरा नभएसम्म जान्दोलन हुम्लामा पनि जारी रहने नेपाल शिक्षक संगठनका अध्यक्ष सिंहबहादुर जेठाराले बताए । आर्थिक रुपमा सबै शिक्षक काठमाडौं गएर आन्दोलनमा सहभागिता जनाउन नसकिने देखिएपछि जति दिन काठमाडौंमा आन्दोलन हुन्छ त्यति दिन नै हुम्लामा पनि आन्दोलन जारी रहने उनको भनाई छ ।
यो आन्दोलनमा महासंघमा आबद्ध शिक्षक संगठनहरु नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन र एकिकृत राष्ट्रिय शिक्षक संगठनका सदस्यहरुको सहभागिता रहेको थियो । जिल्लाबाट तीस जना शिक्षकहरु राजधानी काठमाडौं गएर आन्दोलनमा सहभागिता जनाई रहेको छन् ।
हुम्लाका १४१ वटा सामुदायीक विद्यालयमा पठनपाठन भने पुर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । मुख्य पठनपाठन हुने समय पनि भएको कारण बीस हजार ३९० बिधार्थीहरुको पठनपाठन प्रभावित भएको छ । हुम्ला जिल्लामा मङ्सीर महिनामा बार्षिक परिक्षा र फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको छ ।
















