सि.टा. समाचारदाता
हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा गत माघ दश गते बाट प्रमुख पशासकीय अधिकृत बिहीन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका अधिकृत नआएको र पछि गाउँपालिका कै बरिष्ठलाई मन्त्रालयले जिम्मेवारी दिएका अधिकृत पनि गाउँपालिका छोडेर गएपछि उक्त गाउँपालिका प्रशासकीय अधिकृत बिहीन भएको हो ।
गत माघ १० गतेपछि तीन जना प्रशासकीय अधिकृत मन्त्रालयले खटाएको भएपनि तिनीहरुमा कोही पनि नवसेपछि गाउँपालिका प्रशासकीय अधिकृत बिहीन भएको गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले बताए । सुरुमा मन्त्रालयले ताम्रराज काफ्लेलाई प्रशासकीय अधिकृतका रुपमा खटाएको थियो ।
उनले आउनै मानेनन । त्यसपछि गाउँपालिकाले मन्त्रालयले खटिएकालाई गाउँपालिकामा पठाउन वा नयाँ खटाउन आग्रह गरेको थियो । त्यसबाट पनि समस्याको समाधान हुन पाएन । पछि मन्त्रालयले गाउँपालिकामा कार्यरुत मध्य बरिष्ठ अधिकृतलाई जिम्मेवारी तोेकेको थियो । यसमा गाउँपालिका कृषि शाखाका प्रदिप भण्डारी एक दिन गाउँपालिका आएर फिर्ता भएका थिए ।
त्यसपछि वरिष्ठका आधारमा ईन्जिनीयर विपिन पौडेललाई पठाउने भनिएको भएपनि उनी पनि गाउाँलिका छोडेर गई सकेका छन् । पछिल्ला दुवै जनाले गाउँपालिकालाई काज सरुवा गरि दिन निवेदन पठाएको अध्यक्ष सिंहले बताए । मन्त्रालयलाई पछिल्लो खटाएकालाई गाउँपालिका खटाउन वा गाउँपालिका कै अर्का बरिष्ठलाई जिम्मेवारी तोक्नका लागि मन्त्रालयले आग्रह गर्दा नमानेको उनले बताए । प्रशासकीय अधिकृत नपाएपछि सम्पुर्ण कामकाज ठप्प रहेको छ । गाउँ सभा समेत सञ्चालन हुन सकेको छैन ।
















