आयआर्जनका लागि बेरोजगार च्याउ खेती तालिम र सामाग्री सहयोग

फोटो क्याप्सन सिमकोट गाउँपालिकाका च्याउ खेती तालिम र सामाग्री आएकी दलितहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । बेरोजगार र न्यून आयश्रोत भएका दलीतहरुलाई च्याउखेती तालिमका साथै सामाग्री सहयोग गरिएको छ । छनौटमा पुगेका दलीतहरुको आम्दानीको श्रोत बनाउन सीप र सामाग्री सहयोग गरिएको हो ।

दलीत आयआर्जन कर्यक्रम अन्तरगत  जिल्लाका सात मध्य छ वटा गाउँपालिकाबाट छनौटमा परेका दलितहरुलााई च्याउ खेती तालिम र बीउ सहित सामाग्री सहयोग गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर बिष्टले बताए ।

तालिम पालिकास्तरमा सातदेखि दश दिने दिईएको हो । यसका लागि प्रत्येक गाउँपालिकाबाट दश जना बेरोजगार दलित महिला तथा पुरुषलई तालिम प्रदान गरिएको छ ।

नाम्खा गाउपालिकामा दलित नभएको कारण यो कार्यक्रमबाट सो गाउँपालिका समेटिएको छैन । यसबाट साठी जना दलितहरुले च्याउ खेती तालिम प्राप्त गर्नुका साथै बीउ तथा अन्य खेतीका लागि औजार समेत प्रदान गरिएको होे । यो च्याउ खेती तालिम लक्षित वर्गका सदस्यहरुको रायसल्लाह बमोजिम प्रदान गरिएको छ ।

च्याउ खेतीबाट उत्पादन भएको च्याउ बिक्रीबाट राम्रो आम्दानी हुने देखिएको कारण यो तालिम प्रदान गरिएको हो । हुम्लामा च्याउ प्रतिकेजी चार सय रुपियाँमा बिक्री भई रहेको छ ।

थोरै जग्गामा पनि च्याउ खेती गर्न सकिने भएको कारण यो तालिम प्रदान गर्नु परेको बताउदै प्रमुुख बिष्टले तालिमका साथै प्लाष्टिक, हजारी, गार्डेन पाईप, च्याउको बीउ पनि सहयोग गरिएको बताए । सिमकोट गाउपालिका– ६ जानपुरी कामीले च्याउ खेती सम्वन्धि तालिम प्राप्त भएको र घरमा च्याउ खेती समेत सुरु गरेको हो ।