चैत २५ गते बिहान सात बजेबाट बोक्चे गौडा सडक बन्द

फोटो क्याप्सन याङ्चु कुना सडक निर्माण हुँदै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका– १ को बोक्चे गौडा सडक बन्द हुने भएको छ । पुर्व निर्णय अनुसार चैत २५ गतेबाट सो खण्डको सडक सेनाले स्तरोन्नती गर्ने कार्य सुरु गर्ने भएपछि सो सडकमा यातायात सेवा बन्द हुने भएको हो ।

बोक्चे गौडा सडक चैत २५ गते बिहान सात बजेवाट बन्द हुने नेपाली सेना विकास निर्माण दलका योजना प्रमुख सेनानी अमृत पराजुलीले बताए । अनौपचारिक रुपमा सो खण्डको सडकको निर्माण कार्य हाल पनि सुरु भई सकेको भएपनि यातायात सेवा सुचारु हुने गरि काम भई रहेको छ । तर २५ गते बिहान सात वजेबाट सडक पुर्ण रुपमा बन्द गरेर सडक निर्माण कार्यलाई तिब्रता सेनाले दिने भएको छ ।

 

बोक्चे गौडा याङ्चु कुनाको आठ सय मिटर सडकको स्तरोन्नती गर्ने कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरि जिम्मेवारी सेनाले पाएको थियो । समय मै काम सम्पन्न गर्नका लागि पनि सडक बन्द गरेर काम गरिने उनले बताए ।

असजिलो चट्टानी भीरको सडकको लेभव मिलाउन विष्फोट गर्नु पर्ने भएको कारण बेला बेला सडक सुचारु गर्न समेत समस्या हुने सेनाले जनाएको छ । संम्भव भए बिचमा सडक सचारु हुन सक्ने भएपनि अहिले नै त्यसरी भन्न नसकिने अवस्था रहेको छ ।