सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा सञ्चालित हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालय चौबीसै घण्टा लिमीमिली हुन गरेको छ । विद्यालयमा आवासीय सुविधा भएको कारण सहयोगी हातहरुले प्रदान गरेको सोलार प्यानल जडान गरिएपछि लोड सेडिङले अन्धकार भई रहेको बेला सधै उज्यालो हुन संभव भएको हो ।
दुर्गमका विद्यालय र स्वास्थ्य संस्थालाई उज्यालो अभियान सञ्चालन गर्दै आएको बिक्नहर्ता नेपालले उपलब्ध गराएको सोलार प्यानल जडान गरिएको विद्यालय भवन र होस्टेलमा चौबीसै घण्टा उज्यालो गर्न सफलता मिलेको साहारा समुहका निर्देशक सुर्य पौडेलले बताए । विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई समुहको समन्वयमा आवासीय सुविधा हुँदै आएको छ ।
हिल्दु बिधुत बितरण केन्द्रले पानीको श्रोत कमी भएको भन्दै लोडसेडिङ समय बढाई रहेको बेला निशुल्क रुपमा उपलब्ध भएको सोलार प्यानल जडानपछि उक्त विद्यालय चौबीसै घण्टा बिधुत आर्पुती हुन सुरु भएको होे । यसबाट बिधार्थीहरुलाई बेलुका र राती पठनपाठनमा सहजता भएको छ भने विद्यालयलाई प्रशासनीक कार्य गर्न पनि संभव भएको छ ।
सहयोगी संस्था नेपालका अध्यक्ष सुमन मानन्धरले अपाङ्गाता भएका बालबालिका अध्ययन गर्ने विद्यालयलाई सोलार प्यानल सहयोग गरिएको बताए । उनले सोलार प्यानल, बाह्र वटा ब्याट्री र अन्य सोलार सिस्टमका लागि आवश्यक उपकरणका लागि २५ लाख रुपियाँ यसका लागि लागत लागेको जानकारी दिए ।
यसले गर्दा अपाङ्ग बिधार्थीहरु अध्ययन गर्ने विद्यालयमा सधै उज्यालो बनाउने कार्य भएको र यसबाट बिधार्थीहरुलई पठनपाठनमा सहयोग पुग्ने बिस्वास उनले ब्यक्त गरे । विद्यालयका बालबिकासदेखि कक्षा पाँचसम्म ५२ जना बिधार्थीहरुले अध्ययन गर्दै आउनु भएको छ । जिल्लाभरका अपाङ्गता भएका बालबालिकाहरुले विद्यालयमा अध्ययन गर्दै आउनु भएको छ ।
सोलार प्यानल हस्तान्तरण कार्यक्रममा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकायाले न्यून आयश्रोत भएका र अपाङ्ग बालबालिकाको अध्ययनका लागि यो सहयोग ज्यादै उपयोगी भएको बताईन । यसअघि पनि उक्त संस्थाले स्वास्थ्य चौकी र अर्को एक विद्यालयलाई यस्तै सोलार प्यानल सहयोग गरेर ती निकायलाई उज्यालो बनाउने कार्य भई सकेको थियो ।
















