लोग भण्डारी
सिमकोट । पाँच दिनदेखि आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघ हुम्लाले पनि आईतबार सिट्टी बजाएर बिरोध जनाएको छ ।

देशभर जिल्लास्तरमा कतै यस्तो आन्दोलन नभए पनि हुम्लाबाट काठमार्डौ जान सवै शिक्षकलाई संभव नहुने भन्दै हुम्ला मै वसेर शिक्षकले आन्दोल गरि रहेका हुन ।
आईतबार काठमाडौंमा शिक्षक महासंघले सिट्टी बजाएर बिरोध जनाउने कार्यक्रम गरेको भएपनि हुम्लामा पनि महासंघमा आवद्ध शिक्षक मिलेर सिमकोट बजारम सिट्टी बजाएर काठमाडौंको बिरोधलाई सर्मथन गर्दै बिरोध जनाए । शिक्षकले लोकतन्त्र चोकबाट सिट्टी बजाएर सिमकोट बजारको परिक्रममा गरेर शिक्षा बिकास तथा समन्वय एकाईमा धर्ना बसेका थिए ।

यद्यपि हुम्लाका शिक्षकहरु पनि काठमाडौं जाने क्रम बढी रहेको छ । आईतबार हुम्लाका शिक्षकले पाँँचौ दिन आन्दोलन जारी राखेका छन् ।
















