अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

ग्राम ज्योति सम्वाददाता
राजविराज, ०६ असार । नवौं अन्तर्राष्ट्रिय योग दिवस मधेश प्रदेश सरकाको शिक्षा तथा समाज कल्याण मन्त्रालयद्वारा भव्यताको साथ मनाइएको छ ।
जनकपुर स्थित राम मन्दिरको प्रा·णमा पंतजली योग समिति धनुषाको  समन्व्यमा अन्तर्राष्ट्रिय योग दिवस मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्य तथा मन्त्रालयको सचिब लक्ष्मी प्रसाद भट्टराइको अध्यक्षतामा सम्पन्न भएको छ ।
सो अवसरमा हजारौंको संख्यामा उपस्थित योगासन गर्ने व्यक्तित्वहरुलाई योग प्रशिक्षकद्वारा योगको कोर्ष पुरा गराएको आयोजकले जनाएको छ । प्रमुख अतिथि मन्त्री यादवले अगामी वर्षको योग दिवस भव्यता साथ मनाउने प्रतिवद्धता ब्यक्त गर्नु भयो। विद्यालय देखि विश्वविद्यालय सम्म योग सम्बन्धी कोर्षको सिलेबसमा राखेर पठन–पाठन गराउदा विद्यार्थीहरुमा रहेका कुलत व्यवहार समेत घटेर जाने मन्त्री यादवले बताउनु भयो।
युवा अवस्थादेखि नै योगको अभ्यास गर्दा मानव समुदायमा आत्मबल मजबुत हनुका साथै दक्ष जनशक्ति निर्माणमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।