सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष सहभागी हुने जिल्ला सभा चैत २८ गतेबाट सुरु हुने भएको छ । आर्थिक वर्ष ०८१।०८२ को लागि सभा आयोजना गर्न लागिएको हो ।
जिल्ला समन्वय समितिको निर्णय अनुसार यसवर्षको जिल्ला सभा चैच २८ र २९ गते हुने र त्यसको सुरुवाात बिहीबार हुनेछ । सभा बिहान ११ वजे जिल्ला समन्वय समितिको सभा हलमा हुनेछ । यसका लागि सवै तयारी भई सकेको समन्वय समितिले जनाएको छ । यसका लागि सात वटै गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई पत्रचार गरिएको छ ।
त्यस मध्य नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिका सम्पर्कमा आएको समन्वय प्रमुख शिवराज शर्माले बताए । यसका लागि केही बिशेष प्रस्ताव समेत सभावाट पारिद गरिनेछ ।




















