जिल्ला स्तरीय आयोजना सिफारिस समितिको बैठक सुरु

फोटो क्याप्सन वैठकका सहभागीहरु । तस्विर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । जिल्ला स्तरीय आयोजना सिफासिर समितिको बैठक सिमकोटमा सुरु भएको छ । बैठक कर्णाली प्रदेश आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१, बमोजिम कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रदेश सभा सदस्य शाहीको अध्यक्षतामा जिल्ला स्तरीय आयोजना सिफारिस समितिको बैठक शुक्रबारबाट सिमकोटमा सुरू भएको हो ।

बैठक दुई दिन चैत ३० गतेसम्म सञ्चाल हुने । जिल्ला स्तरीय आयोजना सिफारिस समितिको बैठकबाट आर्थिक बर्ष ०८२।०८३ को लागि सेवाग्रही र स्थानीय तहमार्फत् विषयगत कार्यालयमा सूचीकृत भएका आयोजनाहरूलाई प्रदेश आयोजना बैठकमा सिफारिस गर्नेछ ।

पहिलो दिनको बैठकमा पूर्वाधार विकास कार्यालय, खानेपानी तथा सिंचाई कार्यालय, सामाजिक विकास कार्यालय र स्वास्थ्य सेवा कार्यालय र हुम्लासंग सम्वन्धित आयोजनाहरूलाई कर्णाली प्रदेश आयोजना बैठकमा सिफारिस हुनेछन् । यसैगरि बाकी कार्यालयका योजना शनिबारको बैठकले सिफारिस गर्नेछ ।