अदानचुलीमा वर्षाले पुर्याएको क्षेतीप्रति गाउँपालिका दुखित उद्धार तथा राहातलाई प्राथमिकताका दिईने

फोटो क्याप्सन अध्यक्ष सिंह र बिज्ञप्ती । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
हुम्ला । बिहीबार बिहान अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर र आसपासका क्षेत्रमा बर्षाले पुर्याएको क्षेती प्रति गाउपालिकाले दुख ब्यक्त गरेको छ । अब प्रभावितलाई तत्काल राहात, उद्धार र पुनःनिर्माण कार्यलाई प्राथमिकता दिने समेत गाउँपालिकाले बिज्ञप्ति  निकालेर उल्लेख गरेकाे छ । गाउपाालिका अध्यक्ष मोहन बिक्रम सिंहले एक बिज्ञप्ती निकालेर सो घटनाले गाउँँपालिकालाई दुखित तुल्याएको उल्लेख गर्दै बिज्ञप्तीमा घटनाबाट भएको क्षेती उल्लेख गरिएको छ ।

यसबाट अदानचुली गाउँपालिकाका बिभिन्न वडाहरुमा वर्षाले भएको क्षेतीप्रति गहिरो दुःख ब्यक्त गर्दै यस दुखद घडीमा सम्पुर्ण पिडितको साथमा रहने प्रतिबद्धता अध्यक्ष सिंहले उल्लेख गरेका छन ।

बिज्ञप्ती मार्फत उक्त घटनाका पिडितहरुलाई तत्काल उद्धार, राहात तथा पुनस्थपानाका काम गाँउपालिकाले प्राथमिकतामा राखेर  गर्ने र प्रदेश तथा संघ सरकारको सहयोगका लागि ध्यानाकर्षणा गरिएको छ । घटनामा पशुबस्तु मरेको, बेपत्ता भएको र स्थानीयका धनमानको क्षेती भएको थियो ।