पुर्बमुख्यमन्त्री सहित प्रदेश सभासदस्यद्धारा निर्माणाधिन पर्यटकीय सडकको अनुमगन

फोटो क्याप्सन खार्पु दोजाम हुँदै चुवाँ खोला पर्यटकीय सडकको स्थलगत अनुमगन  गर्दै  पुर्वमुख्यमन्त्रि शाहीकाे टाेलि तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका पुर्ब मुख्यमन्त्री जीवनबहादुर शाही सहित प्रदेश सभाका सदस्यहरुले पर्यटकीय सडकको अनुमगन गर्नु भएको छ । प्रदेश सरकारको जनतासंग सडक कार्यक्रमबाट निर्माािधन खार्पु दोजाम हुँदै चुवाँखोला पर्यटकीय सडकको दुई दिन लगाएर स्थलगत उनीहरुले अनुगमन गरेका हुन ।

खार्पुबाट दोजाम हुँदै चुवाँखोलासम्मको निर्माणधिन पर्यटकीय सडकको स्थलगत रुपमा अनुगमन गर्ने कार्य भएको पुर्ब मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । उनले उक्त सडकको निर्माण कार्य तीब्र भई रहेको बताउदै अब चाँडै चिनीयाँ सिमासम्मको उक्त सडक निर्माण कार्य पुरा हुने बताए ।

निर्माणधिन सडकको कामको गुणस्तर, लागत इष्टिमेट अनुसार काम भए नभएको , छिटो छरितो रुपमा काम गर्नका लगि निर्माण कम्पनीलाई निर्देशन दिने कार्य पनि भएको थियोे । हालसम्म कामको अवस्था हेर्दा सन्तोसजनक देखिएको र अझै कामलाई गुणस्तीयता दिनु आवश्यक रहेको छ । उक्त सडकको अनुगमन गर्न पुगेका हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्नेे प्रदेश सभा सदस्य कलबहादुर हमालले पनि सडक निर्मााण कार्यले गति लिएको बताए ।

चुवाँखोला क्षेत्र पर्यटकीय स्थल पनि भएको र छिमेकी चीनसंग सिमा जोडिएको कारण यो सडकले पर्यटकीय र ब्यापारिक महत्व राख्ने छ । ७६ किलो मिटर लम्बाई रहेको उक्त सडकको हालसम्म ३२ किलो मिटर निर्माण कार्य यसअघि नै सम्पन्न भएको थियो । अब बाँकी काम मध्य दश किलोमिटर सडक निर्माण गर्ने कार्य सम्पन्न भएको रपुर्बाधार बिकास कार्यालयका लेखा अधिकृत नविन शाहीले बताए ।

बाँकी काम ३४ किलो मिटर सडक निर्माण गर्ने कार्य भई रहेको छ । यसका लागि निर्माण कम्पनीले भ्याट सहित बीस करोड लागत लाग्ने गरि सम्झौता गरिएको छ । यसका लागि कार्यालयले काश्यप दावा जेभीसंग सम्झौता गरेका छन । आगामी दुई वर्षसम्म निर्मण कम्पनीले सडक निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएकोमा निर्धारित मिति भन्दा अगाडी नै सडक निर्माण हुने गरि काम भई रहेको निर्माण कम्पनी पक्षले जनाएको छ ।